रेमिट्यान्स

भारतमा एकदिनमै थपिए ७१ हजार सङ्क्रमित

भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ सङ्क्रमित भएका हुन्। सङ्घीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु एक हजार २१७ जनाको मृत्यु भएको जनाएको छ। यससँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ। नयाँ सङ्क्रमितहरुको सङ्ख्या निकै कम हुदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या आठ …

पुरा पढ्नुहॊस »

भारतमा कोरोनाबाट एकैदिन ११८८ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या घटेको देखिएपनि मृत्यु हुनेको संख्या भने बढेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६७ हजार ५९७ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ११८८ जनाको मृत्यु भएको छ । भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको ५.०२ प्रतिशत रहेको छ । त्यस्तै भारतमा एकैदिन एक लाख ८० हजार ४५६ जना कोरोना संक्रमणबाट निको भएको …

पुरा पढ्नुहॊस »

विदेशी पर्यटकलाई अब अस्ट्रेलिया खुला

एजेन्सी । अस्ट्रेलियाले विदेशबाट आउने पर्यटकका लागि सीमा नाका फेरि खुला गर्ने भएको छ । यही फेब्रुअरी २१ देखि विदेशी पर्यटकलाई प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका छन् । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकलाई प्रवेश निषेध थियो । अस्ट्रेलियाले अब प्रतिबन्धात्मक व्यवस्था खुकुलो बनाउँदै लगेको हो। अष्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएको र लामो समय विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको देशमा पर्छ । …

पुरा पढ्नुहॊस »

अष्ट्रेलियामा सीमानाका खुल्ला, काेराेनाविरूद्धकाे खाेप अनिवार्य

अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सीमा नाका फेरि खुल्ला गर्ने भएको छ। फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका हुन्। कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकहरुलाई प्रवेश निषेध गर्दै आएको अष्ट्रेलियाले प्रतिवन्धात्मक व्यवस्था खुकुलो बनाउँदै लगेको हो । अष्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएको र लामो समय विभिन्न प्रतिवन्धात्मक व्यवस्थाहरु लागू गरेको देशमा पर्दछ। “झण्डै दुईबर्षपछि विदेशबाट …

पुरा पढ्नुहॊस »

भारतमा एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा थोरै

भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ। पछिल्लो २४ घन्टामा ८३ हजार ८७६ जना नयाँ संक्रमित भेटिएका छन्। एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको हो। त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडका कारण ८९५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अझै पनि सक्रिय संक्रमितको संख्या ११ लाख ८ हजार ९३८ छ। कूल संक्रमितको २ दशमलव ६२ प्रतिशत सक्रिय संक्रमित छन् भने कोभिडबाट निको हुने दर …

पुरा पढ्नुहॊस »

रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित

एजेन्सी । रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन् । ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित हुन् । यहाँ अहिलेसम्म १ करोड २८ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ । त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घन्टामा नै कम्तीमा पनि ६६१ …

पुरा पढ्नुहॊस »

भारतमा कोराेनाबाट मृत्यु हुनेकाे संख्या पाँच लाख बढी

कोभिडबाट भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघेको छ। शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो। सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो। सो मन्त्रालयले शनिबार यहाँ कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएको पनि बताएको छ। यहाँ केही हप्ता यता संक्रमणको संख्यामा कमी आए पनि मृत्यु भने घटेको छैन। शनिबार मात्र त्यो भन्दा अघिको २४ घन्टामा …

पुरा पढ्नुहॊस »

लता मंगेशकर रहिनन्, ९२ वर्षको उमेरमा निधन

काठमाडौँ । चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । कोभिडबाट संक्रमित भएपछि उनलाई यसै वर्ष जनवरीको सुरुमा अस्पताल भर्ना गरिएको थियो । स्थितिमा सुधार नभएपछि उनी हप्ता दिनसम्म आईसीयूमा थिइन् । भारतीय केन्द्रीय मन्त्री नितिन गडकरीले गायिका मंगेशकरको निधन भएको जानकारी दिएका छन् । उनले लेखेका छन्- ‘देशको गौरव र संगीत जगतको शिरमोर (सिरमौर) स्वर कोकिला भारतरत्न लता मंगेशकर जी धेरै दुखी छन्। पवित्र आत्मा …

पुरा पढ्नुहॊस »

पेरुमा पर्यटक बोकेको विमान दुर्घटना, सात जनाको मृत्यु

एजेन्सी । पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । पर्यटकलाई नाज्का लाइनहरू देखाउनको लागि उडेको बिमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । दुर्घटनाको कारण खुलेको छैन । नाज्का लाइन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । सो क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ । दुर्घटनाग्रस्त विमानमा नेदरल्याण्ड र चिलीका नागरिक सवार रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ …

पुरा पढ्नुहॊस »

अमेरिकामा कोराेनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

जोन्स हप्किन्स विश्व विद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ। शुक्रबार दिउँसोकाे तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९ लाख ३३४ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको उल्लेख गरिएको छ । जनवरी २०२० देखि देशभरिमा ७ करोड ६० लाखभन्दा बढी सङ्क्रमणका घटना पुष्टि भएका छन्।

पुरा पढ्नुहॊस »