रेमिट्यान्स

विलियम र केटलाई प्रिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि

काठमाडौं । बेलायतका राजा चार्ल्सले शुक्रबार आफ्नो जेठो छोरा विलियम र बुहारी केटलाई प्रिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि प्रदान गरेका छन् । यसअघि यो उपाधि उनी र उनकी दिवंगत पत्नी डायनाले प्राप्त गरेका थिए । विलियमको जन्म सन् १९८२ को २१ जुनमा जन्मिएका विलियमको केट मिडल्टनसँग सन् २०११ मा विवाह भएको थियो । केट र मिडल्टनका दुई छोरा र एक छोरी छन् । सन् १९५८ मा वेल्सका राजकुमार बनेका …

पुरा पढ्नुहॊस »

महारानी एलिजाबेथ द्वितीया: तस्बिरहरूमा उनको जीवन

काठमाडाैं । यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ । उनी ७० वर्षसम्म गद्दीनसीन थिइन् । बिहीवार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए । महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन् । उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब …

पुरा पढ्नुहॊस »

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

काठमाडौँ । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया महारानीको स्कटल्यान्डमा रहेको बारमोरल दरबारमा निधन भएको  छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । एलिजाबेथ २५ वर्षको उमेरमा सन् १९५२ फेब्रुअरी ६ मा ब्रिटिश महारानी बनेकी थिइन् ।

पुरा पढ्नुहॊस »

भियतनामको बारमा आगलागी, ३२ जनाको मृत्यु

एजेन्सी । भियतनामको दक्षिणी सहर थुआनको केराओको बारमा लागेको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । अन्य धेरै मानिसहरु पनि आगलागीमा परी घाइते भएका छन् । भियतनामको सरकारी मिडियाका अनुसार मंगलबार राति केराओके परिसरको दोस्रो तलामा आगलागी र त्यसबाट निस्किएको धुवाँमा धेरै ग्राहक कर्मचारी फसेका थिए । त्यहाँबाट निस्किने आतपकालीन द्वार पनि बन्द भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार दोस्रो तलाबाट सुरु भएको आगो तत्कालै तेस्रो तलामा …

पुरा पढ्नुहॊस »

चीनको सिचुआन भूकम्पमा मृत्यु हुनेको संख्या ७४ पुग्यो, २६ जना अझै बेपत्ता

एजेन्सी । चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । मङ्गलबार राति ९ बजेसम्म समाचारअनुसार सो भूकम्पमा परेर अझै २६ जना बेपत्ता रहेका छन् । मङ्गलबार बेलुका ९ बजेसम्म गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको, १४ जना बेपत्ता र १७० जना घाइते भएका बताएको छ । यान सहरमा मङ्गलबार अबेरसम्म ३४ जनाको मृत्यु भएको, १२ जना बेपत्ता र ८९ …

पुरा पढ्नुहॊस »

भूकम्प जाँदा पनि भाग्न नपाएको भन्दै सरकारविरुद्ध चेङ्दुवासीको आक्रोश

एजेन्सी । भूकम्प प्रभावित चिनियाँ शहर चेङ्दुका केही बासिन्दाहरूलाई कोभिड तालाबन्दीको कारण आफ्नो परिसरबाट भाग्न रोकेको भन्दै सरकारविरुद्ध आक्रोश पोखेका छन् । चेङ्दुका केही मानिसले ६.६ म्याग्निच्युडको भूकम्प जादा आफूहरु भित्रै बस्न बाध्य भएको गुनासो गरेका छन् । भूकम्पका कारण कम्तीमा ६५ जनाको ज्यान गएको छ । प्रतिबन्धका कारण आफूहरु बाहिर निस्कन नपाएको उनीहरुले गुनासो गरेका छन् । फेरि कोभिड फैलिएपछि सरकारले २ करोड १० लाख जनसंख्या भएको चेङ्दुमा लकडाउन …

पुरा पढ्नुहॊस »

दक्षिणपश्चिम चीनमा ६.६ म्याग्निच्युडको भूकम्प, कम्तीमा ४६ जनाको मृत्यु

काठमाडाैँ । चीनको दक्षिणपश्चिम क्षेत्रमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार दिउँसो एक बजे सिचुआन प्रान्तमा १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । जसका कारण त्यहाँको सञ्चारविच्छेद भएको र लगत्तै पहाडमा गएको पहिरोका कारण गम्भीर क्षति भएका विवरणहरू सार्वजनिक भएका छन् । गत साता सिचुआनको राजधानी चेङ्दुका करिब २१ लाख मानिसहरूलाई कोभिड नियमका कारण घरमै बस्न निर्देशन दिइएको थियो । भूकम्पको केन्द्रबिन्दु …

पुरा पढ्नुहॊस »

क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु

एजेन्सी । क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ । छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ । पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए । स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ । ‘सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई आफ्नो …

पुरा पढ्नुहॊस »

अमेरिकाद्वारा ताइवानलाई नयाँ हतियार प्याकेज घोषणा

एजेन्सी । बेइजिङसँग बढ्दो तनावबीच टापुको प्रतिरक्षालाई बढावा दिन संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई १.१ अर्ब डलरको नयाँ हतियार प्याकेज घोषणा गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले उक्त टापुलाई हतियार प्याकेज घोषणा गरेको हो । उक्त सहयोग ताइवानको सुरक्षाका लागि अपरिहार्य भएको अमेरिकी विदश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । ‘हामी बेइजिङलाई ताइवानविरुद्धको सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गर्न र ताइवानसँग …

पुरा पढ्नुहॊस »

स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे

एजेन्सी । श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् । टापुको सबैभन्दा खराब आर्थिक संकटबीच देश छाडेर भागेको सात हप्ता पछि उनी शुक्रबार स्वदेश फर्किएका हुन् । राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिकारीहरुले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राजापाक्षे विमानस्थलमा उत्रदा उनलाई मन्त्रीहरू र राजनीतिज्ञहरूको समूहले भव्य स्वागत गरेको थियो । यसले श्रीलंकामा उनको राजनीतिक प्रभाव यथावत रहेको संकेत गरेको छ । विमानस्थलमा उत्रने वित्तिकै उनलाई …

पुरा पढ्नुहॊस »