एजेन्सी । अमेरिकी चर्चित गायिका लिसा मारिया प्रेस्लेको निधन भएको छ । उनको ५४ वर्षको उमेरमा निधन भएको हो ।
उनलाई हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको थियो । लिसाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । लिसा चर्चित अमेरिकी अभिनेता, गायक एवं संगीतकार एल्भिस प्रेस्ले र अभिनेत्री प्रिसिला प्रेस्लीको छोरी हुन् ।
आमाबुवाको सम्बन्धविच्छेदपछि उनी आफ्नी आमासँग क्यालिफोर्नियामा बस्दै आएकी थिइन् । उनको बावुको सन् १९७७ मा निधन भएको थियो । उनले ‘सो लभ्ली’, ‘ओभर मी’, ‘इडियट’, ‘लाइट आउट’, ‘नोबडी नोटिस्ड इट’ लगायत चर्चित गीत गाएकी थिइन् ।
तपाईंको प्रतिकृया



