समाचार

सर्वोच्चको आदेशले फर्किएका फणीन्द्रले लिए ऊर्जामन्त्रीको सपथ

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा पद तथा गोपनीयताको शपथ लिएका छन् । दोस्रोपटक मन्त्री बनेका देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् । उनले पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीले कारबाही गरेपछि पद गुमाएका उनलाई सर्वोच्च अदालतले संसद् फर्काएको थियो । फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई जेठ २८ गते विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए । पार्टीको ह्विप …

पुरा पढ्नुहॊस »

आज यी १९ जिल्लामा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आह्वान

काठमाडौं । आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका कम्तीमा १९ जिल्लामा बाढीको जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई महाशाखाले सुझाव दिएको हो । महाशाखाले आज ताप्लेजुङ, संखुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरुमा बहाव बढ्ने जनाएको छ …

पुरा पढ्नुहॊस »

मोटरसाइकल दुर्घटनामा पछाडि सवारको मृत्यु, चालक घाइते

काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आँउदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकलले शुक्रवार बेलुका कमल गाउँपालिका– ५ सावित्र चोकमा बाटो काट्दै गरेको कुकुरसँग ठक्कर खाएर दुर्घटना हुँदा दुई जना घाइते भएका थिए । घाइतेमध्ये मोटरसाइकल पछाडि सवार शिवसताक्षी–२ का ४० वर्षीय नवीन आचार्यको शनिवार साढे ४ …

पुरा पढ्नुहॊस »

जंगलमा घाँटी रेटिएको अवस्थामा भेटिएका ओभरसियरको मृत्यु

काठमाडौं । डडेलधुरामा घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका ओभरसियरको मृत्यु भएको छ । शनिबार डडेलधुराको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय डम्वरदेव भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा फेला परेका हुन् । उनी घर नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख (डीएसपी) दीपक कार्कीले बताए । उनका अनुसार घटनास्थलमा चक्कु पनि फेला परेको छ । डम्बर शुक्रबार बेलुकादेखि हराएका उनी खोजतलासका क्रममा शनिबार फेला परेका हुन् । उपचारका लागि …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभा बैठक बस्दै, के छन् कार्यसूची ?

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

पुरा पढ्नुहॊस »

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा मुसलधारे वर्षाको सम्भावना

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि …

पुरा पढ्नुहॊस »

पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु, स्याङ्जामा आमाछोरी बिते

काठमाडौं । गुल्मी र स्याङ्जामा पहिरोमा पुरिएर ७ जनाको जनाको मृत्यु भएको छ भने १ बेपत्ता छन् । गुल्मीको मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन प्रेस युनियनको चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएको छ । अध्यक्ष शिव लम्सालद्वारा शुक्रवार विज्ञप्ति जारी गर्दै महासङ्घ नेतृत्वले युनियनसँग गरेको सदस्यता सम्बन्धी प्रतिबद्धता कार्यान्वयन नगरी एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अगाडि बढाए भाग नलिई चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् । ‘युनियनले उठाएका समस्यालाई बेवास्ता गरेर अघि बढेमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयं महासङ्घको …

पुरा पढ्नुहॊस »

एसईईको नतिजामा सांसदहरु असन्तुष्ट, लगाए सरकारलाई दोष

काठमाडौं । सांसदहरुले एसईई परीक्षामा ५२ प्रतिशत भन्दा बढी अनुत्तिर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले एसईई परीक्षाको परिणामप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरुले ५२ प्रतिशतभन्दा बढी विद्यार्थीहरु अनुत्तिर्ण हुनुको कारण खोजबिन गर्नुपर्ने बताएका छन् । सांसदहरुले धेरै विद्यार्थीहरु अनुत्तिर्ण हुनेको दोष सरकारकै रहेको बताएका छन् । बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds