समाचार

मन्त्रिपरिषद् बैठक : सौर्य जहाज दुर्घटना छानबिन गर्न समिति गठन, ४५ दिनभित्र प्रतिवेदन पेस गरिने

काठमाडौं । सरकारले सौर्य जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले ४५ दिनभित्र प्रतिवेदन पेस गर्नेगरि ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनकाअनुसार  पूर्वमहानिर्देशक सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग …

पुरा पढ्नुहॊस »

टिचिङ अस्पताल परिसरमा शोकाकुल आफन्त

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु गरिएको छ । जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शवको पोस्टमार्टम गर्न थालिएको हो । पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि अस्पताल पुगेपछि पोस्टमार्टम सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई जिम्मा लगाउने अस्पतालका एक अधिकारीले जानकारी दिए । अस्पतालबाहिर …

पुरा पढ्नुहॊस »

सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको वरियतामा पनि सुधार (सूचीसहित)

काठमाडौं । सिंगापुरको राहदानी (पासपोर्ट) विश्वकै शक्तिशाली पासपोर्टको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको छ । जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट विश्वका राहदानी र्‍याङ्किङ संस्था हेन्ले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो । कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसा बिना र आवश्यकताका आधारमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको मापन गरी यो सूची तयार गरिन्छ । सिंगापुरका नागरिकले विश्वका १९५ गन्तव्यमा बिना भिसा यात्रा गर्न …

पुरा पढ्नुहॊस »

सौर्यको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

विमान दुर्घटना हृदयविदारक र अकल्पनीय : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमास्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री ओलीले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताए । उनले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेनको स्वास्थ लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ …

पुरा पढ्नुहॊस »

जहाज दुर्घटनामा घाइते पाइलटको अवस्था ‘खतरामुक्त’

काठमाडौं । दुर्घटनामा परेका सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । पाइलट शाक्यको मुख, आँखा लगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । उनको सिटिस्क्यान लगायतका टेस्टहरू भइहरेको केएमसी अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । ‘उहाँको मुख, आँखा लगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको छ,’ उनले भने, ‘हामीले उहाँको सिटिस्क्यान लगायतका टेस्टहरू गरिसकेका छौं । र अहिले उहाँ हाम्रा अस्पतालका चिकित्सकहरूका अनुसार खतरामुक्त हुनुहुन्छ …

पुरा पढ्नुहॊस »

दुर्घटनामा परेका सबै सौर्यकै कर्मचारी : चालकको उद्धार, १८ शव निकालियो (नामसहित)

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । पछिल्लो विवरणअनुसार १८ जनाको शव निकालिएको छ । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको हो । जसमा सर्वसाधारण यात्रु थिएनन् । सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको बुझिएको छ । विमान चालक मनिष रत्न शाक्यको भने उद्धार गरिएको छ । उनको सिनामंगलस्थि केएमसी शिक्षण अस्पतालमा …

पुरा पढ्नुहॊस »

जहाज दुर्घटना अपडेट : केही शव निकालियो, उद्धार जारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ । सौर्य एयरलाइन्सको ९एन-एएमई (सीआरजे २००) जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा बिहान करिब ११ बजेतिर दुर्घटनामा परेको हो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको पुष्टि गरे । उनकाअनुसार जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए । प्रत्यक्षदर्शीकाअनुसार जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको थियो । जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर …

पुरा पढ्नुहॊस »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ । सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा बिहान करिब ११ बजेतिर दुर्घटनामा परेको हो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको पुष्टि गरे । । उनकाअनुसार जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् । दुर्घटनाबारे थप …

पुरा पढ्नुहॊस »

बंगलादेशबाट अहिलेसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाडौँ । बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार मात्र ४७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाकारी दिएको छ । ढाकास्थित नेपाली दुताबास विद्यार्थीहरु, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विधार्थीहरुलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds