सर्लाही ।मतदातालाई पैसा वितरण गर्दै गरेका सर्लाहीका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका २, निवासी ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन् ।
उनलाई गए राती सोही ठाउँमा मतदातालाई रकम वितरण गर्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट २५ हजार नगद रकम बरामद भएको जनाएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा डिएसपी सरोज राईले जानकारी दिए ।
तपाईंको प्रतिकृया




