समाचार

नौ महिनाभित्र संसद् भवन निर्माणको काम सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । मंगलबार बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण निर्माण कार्य छिटो सम्पन्न गरेका छन् । २०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न …

पुरा पढ्नुहॊस »

पूर्वराज्यमन्त्री रायको हत्या उनकै कामदारलाई छिमेकीले दुई लाख दिएर गराएको खुलासा

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । जग्गासम्बन्धी मत भिन्नता र अर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रामचन्दको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले रामचन्द्रको हत्याको आरोपमा उहाँकै घरमा सहयोगीको रुपमा काम गर्ने कविलासी नगरपालिका-३ का २५ वर्षीय राम उजैन राय र चन्द्रनगर गाउँपालिका-१ रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायलाई पक्राउ गरी सार्वजनिक गरेको हो । मलङ्गवा नगरपालिका-४ …

पुरा पढ्नुहॊस »

तीन प्रदेश प्रमुखलाई हटाइयो, माधव निकटका शर्माको पनि पद चैट

काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको हो । जसअनुसार वाग्मतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गर्ने केपी ओली नेतृत्वको सरकारले तयारी गरेको छ । सरकारको निर्णयसँगै बागमतीको प्रदेश प्रमुख रहेका यादवचन्द्र शर्मा अब आफ्नो जिम्मेवारीबाट हट्ने भएका छन् । उनी एकीकृत समाजवादीका …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओलीले मन्त्रालयगत योजनामा सचिवलाई निर्देशन दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए । सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए …

पुरा पढ्नुहॊस »

सहकारी ठगीमा रवि लामिछानेको बयान लिइने, कहिले बोलाउँछ समितिले ?

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भइ विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जना सहरकारी ठगीमा संलग्न भइ विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो । बैठकपछि सञ्चार कर्मीहरुलाई जानकारी दिँदै समिति सभापति सूर्यबहादुर …

पुरा पढ्नुहॊस »

एकै पटक २१ सचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकै पटक २१ सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवको सरुवा गरेको हो । अर्थ सचिवको जिम्मेवारी राजश्व सचिव डा.रामप्रसाद घिमिरेलाई दिइएको छ भने अर्थ सचिवको जिम्मेवारीमा रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको छ । त्यस्तै अर्थ मन्त्रालमया राजश्व सचिवको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य …

पुरा पढ्नुहॊस »

विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री लामा, यस्तो छ अंकगणित

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज विश्वासको मत लिने भएका छन्। नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट लामा ८ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए। लामाले आज विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालय हेटौंडामा १३ साउनमा दर्ता गराएका थिए। विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आज अपरान्ह तीन बजेका लागि बोलाइएको छ। मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीनुसार …

पुरा पढ्नुहॊस »

सहकारी ठगीमा बयान दिन रवि लामिछानेलाई बोलाउने तयारी

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भइ विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जना सहरकारी ठगीमा संलग्न भइ विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो । बैठकपछि सञ्चार कर्मीहरुलाई जानकारी दिँदै समिति सभापति सूर्यबहादुर …

पुरा पढ्नुहॊस »

पुष्कर खतिवडा तीन दिन थुनामै रहने, भीआईपीको मृत्युको कामना गर्दै यज्ञ सञ्चालन गरेका थिए

काठमाडौं । आफूलाई धार्मिक अभियन्ता र ज्योतिषी बताउने पुष्कर खतिवडालाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा खतिवडालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेको र सो कुरा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको आरोपमा खतिवडा सोमबार पक्राउ परेका थिए । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ …

पुरा पढ्नुहॊस »

मौसम विभागको अनुरोध- पाँच प्रदेशमा अति भारी वर्षाको सम्भावना छ, सजग रहनू

काठमाडौं । देशका केही स्थानमा मंगलबार बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र बाँकी प्रदेशका एक/दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको हो । दिउँसो देशभर साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds