समाचार

त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको आकस्मिक अवतरण

काठमाडौं । त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ । बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइनसको १२१ विमानमा तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् । अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । कम्पनीका बजार प्रबन्ध अनिल मानन्धरका अनुसार यात्रुलाई अर्को विमानबाट …

पुरा पढ्नुहॊस »

सेनाको कमाण्ड सम्हाल्दै सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले सोमबारदेखि औपचारिक रुपमै नेपाली सेनाको कमाण्ड सम्हाल्दै छन् । सैनिक सेवामा ४१ वर्ष बिताएका प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि अवकाशमा जाने भएपछि सिक्देलले ४५ औं प्रधानसेनापतिका रूपमा नेपाली सेनाको कमाण्ड सम्हाल्न लागेका हुन् । शर्मा गत साउन २४ गतेदेखि नै बिदामा बसेका थिए । शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ गते सिग्देललाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापतिमा नियुक्त गरेका थिए । उनलाई आज …

पुरा पढ्नुहॊस »

कन्टेनरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं । चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश०६–००३प ४८५१ नम्बरको मोटरसाइकल आज बिहान रत्ननगर नगरपालिका–३ शान्तिचोकमा एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर–१५ का ३४ वर्षीय जीवन मग्राती गम्भीर घाइते भएका थिए । घाइते मग्रातीको उपचारका क्रममा आज बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको जिल्ला प्रहरी …

पुरा पढ्नुहॊस »

बिपी काेइराला : राजनीति र साहित्यका समानान्तर शिखर व्यक्तित्व

क्रान्तिको सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बने । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे ।

पुरा पढ्नुहॊस »

सत्ता गठबन्धनको बैठक दिउँसो

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको हो । बैठकमा सरकारको कामको मूल्यांकन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल हुनेछ । आइतबार साँझ प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु …

पुरा पढ्नुहॊस »

आगामी तीन दिनसम्मै यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

श्रीमतीसहित फेरि चीन उडे पूर्व अर्थमन्त्री पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन उपचारका लागि छिमेकी मुलुक चीन उडेका छन् । पूर्व सभामुख समेत रहेकी पत्नी ओनसरी घर्तीमगरसहित उनी चीन उडेका हुन् । एअर चाइनाको उडान नम्बर सिए ४३८ मार्फत उनीहरु १२ बजेर ५ मिनेटमा चीन प्रस्थान गरेको जनाइएको छ । वंशाणुगत जण्डिसको समस्या झेलिरहेका पुनले यसअघि सेन्चन शहरको थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । उनी फलोअप उपचारका निम्ति त्यता गएको …

पुरा पढ्नुहॊस »

पलेशालाई कांग्रेसले गर्‍यो ५ लाखसहित सम्मान

काठमाडौं । नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता ओलम्पिकमा पदक विजेता पलेशा गोर्वधनलाई ५ लाख नगदसहित सम्मान गरेको छ । आइतबार केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजना गरी कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले पलेशा र उनका प्रशिक्षक कविराज नेगीलाई नगदसहित सम्मान गरेका हुन् । प्रशिक्षक कविराज नेगीलाई नगद १ लाख ५० हजार रुपैयाँसहित कांग्रेसले सम्मान गरेको छ ।

पुरा पढ्नुहॊस »

लुम्बिनीका प्रदेश सांसद जेल चलान

काठमाडौं । लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ । सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन भएको थिएन । केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्ध विच्छेदको नक्कली …

पुरा पढ्नुहॊस »