समाचार

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको छ । घाइते किशोरीले आफूमाथि गोली प्रहार गर्ने व्यक्ति सिरहाका अमितकुमार यादव भएको प्रहरीलाई बताएकी छन् । शुक्रबार दिउँसो दमक नगरपालिका ५ जेष्ठ नागरिक भवन अगाडि उदयपुरको लिङचुङबुङ गाउँपालिका ३ की १८ वर्षकी एनिका अधिकारी गजमेरमाथि गोली प्रहार भएको थियो । उनकै पूर्व शिक्षकले गोली प्रहार गरेको निष्कर्षमा प्रहरी पुगेको हो । २ वर्ष पहिले …

पुरा पढ्नुहॊस »

प्रि-मनसुन सक्रिय, कता-कता छ वर्षाको सम्भावना ?

काठमाडौं । प्रि-मनसुन गतिविधि केही सक्रिय हुँदा आजबाट वर्षाको सम्भावना केही बढेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहको प्रणालीमा पश्चिमी वायु थप सक्रिय हुँदा आजबाट केही दिन बदली बढ्ने र वर्षाको पनि सम्भावना रहेको हो । कतिपय ठाउँमा छिटपुट वर्षा मात्र हुने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘पश्चिमी वायु केही सक्रिय हुँदा आजबाट गण्डकी प्रदेशदेखि सुदूरपश्चिम प्रदेशसम्म पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । विशेषगरी पहाडी क्षेत्रमा …

पुरा पढ्नुहॊस »

अब कोरिया जान मागको तीन गुणा मात्र आवेदन लिइने

काठमाडौं । दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तीन गुणा सङ्ख्यामा मात्रै आवेदन लिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग इपिएस कार्यालय, मानव संसाधन विभाग (एचआरडी) कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि सो कुरामा सहमति भएको हो । पछिल्लो समयमा इपिएसमार्फत दक्षिण कोरिया जानेका लागि आवेदन भर्नेको सङ्ख्या अत्यधिक भएको र परीक्षा सम्पन्न गर्न वर्ष …

पुरा पढ्नुहॊस »

डिभीको नतिजा आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ । दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज सरकारी निकायको भय रहला । अविश्वास उत्पन्न हुनेछ । परिवारमा झैझमेलाको अवस्था आउला, तर पुँजी बजारले भने साथ दिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका सांसद अभिराम शर्मा निलम्बन गरेका हुन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका उनलाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको हो । सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महोत्तरी जिल्ला अदालतबाट भएको फैसलामा सो मूनामा प्रतिदी समेत रहनु भएका प्रदेश सभा सदस्‍य अभिराम शर्मालाई अभियोग मागदावी बमोजिम …

पुरा पढ्नुहॊस »

कक्षा १२ को परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडौं । झापाको दमकमा शुक्रबार दिउँसो गोली चल्दा एक छात्रा घाइते भएकी छिन् । हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत उदयपुरकी एनिका अधिकारी घाइते भएकी हुन् । प्रहरीका अनुसार ती विद्यार्थीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । गोली हानेर फरार भएका युवकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

जापान पठाउने भन्दै २१९ जनालाई ठगी, २ करोड ६८ लाख असुली

काठमाडौं । जापान पठाउने भन्दै २१९ जनालाई ठगी दुई जना पक्राउ परेका छन् ।  ठगीको आरोपमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र झापा गौरादहका पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डे पक्राउ  परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तीहरूले ती सबैबाट २ करोड ६८ लाख ठगी गरेका थिए ।  उनीहरूले नियोनी एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान …

पुरा पढ्नुहॊस »

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७औं महाधिवेशनका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकारको हकहितका लागि सरकार सधैँ सकारात्मक रहेको र आगामी दिनमा पनि सोहीअनुसार अगाडि बढ्ने विश्वास दिलाए । ‘सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीले गरे पत्रकार महासंघको अधिवेशन उद्घाटन

काठमाडौं । नेपाल महासंघको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका हुन् । अधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् । यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासंघको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको छ । महासंघको २७औँ अधिवेशन समेतका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्तिबाटिकाबाट सुरु भई भृकुटीमण्डपस्थित अधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन गरिएको थियो । प्रभातफेरीमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल …

पुरा पढ्नुहॊस »