निर्विरोध रूपमा रास्वपा सभापतिमा लामिछाने निर्वाचित

काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।  बन्द सत्र पछि निर्वाचन आयोगले लामिछाने निर्विरोध निर्वाचित घोषणा गरेको (रास्वपा) निर्वाचन आयोगका उप—प्रमुख राम गुरुङले जानकारी दिएका हुन् ।

 

प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएको गुरुङले जानकारी दिए ।  सभापतिमा अन्य उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध निर्वाचित भएको उनले बताए । केन्द्रीय समिति सदस्यका लागि भने मतदान प्रकृयाबाट अगाढि बढ्ने उप—प्रमुख राम गुरुङले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री