समाचार

तनहुँ दुर्घटना : घाइतेलाई लिन सेनाको हेलिकोप्टर दुर्घटनास्थलतर्फ

काठमाडौं । भारतीय पर्यटक सवार बस शुक्रबार मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ । बस तनहुँको आँबुखैरेनीनजिक ऐना पहरा भन्ने स्थानबाट नदीमा खस्दा मृत्यु भएका १४ जनाको शव निकालिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । ‘१४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ । १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको छ । उद्धार कार्य जारी नै छ,’ थापाले भने । घाइतेलाई काठमाडौं …

पुरा पढ्नुहॊस »

मर्स्याङ्दी बस दुर्घटना : १४ को मृत्यु, १६ जनालाई अस्पताल पठाइयो (अपडेट)

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अहिलेसम्म १४ जनाको शव बाहिर निकालिएको छ । १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । भारतीय नम्बर प्लेटको यात्रुवहाक बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो । कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको हो । …

पुरा पढ्नुहॊस »

पोखराबाट काठमाडौं आउँदै गरेको बस मस्याङ्दीमा खस्यो

काठमाडौं । तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा बस खसेको छ । युपी ५३ एफटी ७६२३ नम्बर प्लेटको बस बिहान साढे ११ बजेतिर आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार पोखराबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनामा परेको खबर छ । घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

पुरा पढ्नुहॊस »

रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापतिविरुद्ध झन् खरो रूपमा उत्रिएका छन् । दोस्रोपटक साधिएको स्पष्टीकरणको जवाफ फर्काउँदै मुकुलले सभापति रवि लामिछानेमाथि प्रश्न बर्साएका हुन् । डा. ढकालले सभापतिलाई जस्तो ठग, भ्रष्ट र अपराधी भएको आरोप लगाउँदै उनको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्ने बताएका छन् । ‘तपाईँ ठग, भ्रष्ट्राचारी र राहदानी दुरुपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ …

पुरा पढ्नुहॊस »

टिकापुर घटनाको ९ वर्ष पूरा : के भन्छन्- रेशम र रञ्जिता ?

काठमाडौं । २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपानेसहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । त्यसको भोलिपल्ट रेशम चौधरीकोको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो । थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनाको उक्त घटनाको ९ वर्ष पूरा भएको छ ।

पुरा पढ्नुहॊस »

के देखियो भैँसीले मारेको बाघको पोस्टमार्टम रिपोर्टमा ?

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरमा भैँसीले मारेको बाघको पोस्टमार्टम गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर प्रतापपुरका बलबहादुर राईको गोठमा पुगेर भैँसीको आक्रमणबाट मरेको बाघको पोस्टमार्टम गरिएको हो ।

पुरा पढ्नुहॊस »

बोलाइयो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक राजनीति तरङ्गित बन्दै आएको छ । गगनको चुनावी गठबन्धन गर्न नहुने र शर्माको प्रधानमन्त्री, मन्त्री तथा …

पुरा पढ्नुहॊस »

नेपाली सेनाले माग्यो अधिकृत क्याडेटतर्फ २८० जनाको आवेदन (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन माग गरेको छ । एक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त अधिकृत पदतर्फ (सहायक सेनानी-उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । सेनाले योग्यता पुगेका नेपाली नागरिकलाई नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाईन दरखास्त फारम भरी सो को प्रिन्टसहित स्वयं उपस्थित भई तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न पनि आग्रह गरेको छ …

पुरा पढ्नुहॊस »

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग आज बयान

काठमाडौं । सहकारी संस्थाको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग शुक्रबार बयान लिने भएको छ । लामिछानेलाई समितिले दिउँसो २ बजे बयानका लागि बोलाइएको छ । लामिछानेलाई गोरखा मिडिया नेटवर्क कम्पनीका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिले जनाएको छ । सूर्यदर्शन, सानोपाइलालगायत सहकारी संस्थामा सर्वसाधारणले राखेको रकम गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको सन्दर्भमा सोधपुछका …

पुरा पढ्नुहॊस »

कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना ?

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds