सर्वोच्चले गर्याे सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदन अस्वीकार गरेको छ । मंगलबार सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदन दर्ता गर्न अस्वीकार गरेको हो ।

लामिछानेलाई सांसदको हैसियतले काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित रिट पेश भएको थियो । लामिछानेमाथि सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दा लागेका लामिछानेलाई सांसदको हैसियतले काम कारबाही गर्न रोक लगाउनुपर्ने माग राखी सर्वोच्चमा रिट निवेदन पेस गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री