सांसद प्रसाईँले गरे गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन सरकार किन पछि हटेको भन्दै प्रश्न

काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभा को बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईँले जेनजी आन्दोलनका क्रममा भएको घटनामा तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध मुद्दा दायर गर्न सरकार किन पछि हटेको भन्दै प्रश्न गरेका छन् ।

उनले मुद्दा दायर गर्न प्रमाण पुगेन कि प्राथमिकता भन्दै प्रश्न गरे । उनले भने,‘जेनजी आन्दोलनका अभियुक्तद्य तत्कालिन गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन सरकारले के ले अड्कायो ? प्रमाण पुगेन कि प्राथमिकता पुगेन ?’
प्रसाईँले नेपालमा हरेक आन्दोलनपछि शहीदका परिवारले न्याय नपाउने प्रवृत्ति दोहोरिँदै गएको बताए ।  उनले भने ,‘हरेक आन्दोलनका शहीदमाथि अन्याय जसरी गरिएको छ, उहिलेको बाजेको पालामा जस्तै अहिलेपनि उस्तै अवस्था भयो भने ‘हात्ती आयो, हात्ती आयो फुस्स’ भन्ने उखानजस्तै अवस्था हुन्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री