समाचार

दसैंका लागि भित्रिन थाले खसीबोका, खाद्यले शनिबारदेखि बिक्री गर्ने

काठमाडौं । दसैँलाई लक्षित गरेर निजी व्यवसायीले खसीबोका र च्याङ्ग्रा उपत्यका भित्र्याउन थालेका छन् । बुधबार पहिलो लटमा दुुई सय सङ्ख्यामा मुुस्ताङबाट च्याङ्ग्रा आइपुुगेको चौपाया खरिद बिक्री सङ्घले जनाएको छ ।

पुरा पढ्नुहॊस »

बिहानैदेखि पानी पर्न थाल्यो, दिउँसो धेरै वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसै गरी, आज (बिहीबार) दिउँसो कोशी, मधेस …

पुरा पढ्नुहॊस »

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

पुरा पढ्नुहॊस »

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३३ जना पुग्यो

काठमाडौं । हालैको बाढी–पहिराेमा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेञ्ज अफर, ४० प्रतिशतसम्म छुट

काठमाडौं । एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले चाडपर्व विशेष एक्साइड मेघा फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्री साट्दा ३० देखि ५० प्रतिशतसम्मको छुट प्राप्त मिल्नेछ । अफरमा सहभागीमध्ये १२० विजेता ग्राहकलाई लक्की ड्रमार्फत क्यास ब्याक प्रदान गरिने कम्पनीले जनाएको छ । लक्की ड्रमार्फत क्यास ब्याक प्राप्त गर्न आफूले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टीमार्फत सिप्रदी स्टार्स एपमा दर्ता गरिएको हुनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीले …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ३२ पुग्यो

काठमाडौं । बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३२ जना पुगेको छ। भीषण वर्षापछिको बाढी पहिरोमा परी २ सय ३२ जनाको मृत्यु भएको हो । २३ जना बेपत्ता हुँदा १ सय ६५ जना घाइते भएका नेपाल प्रहरीले जनाएको छ । हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार ३१ जनाको उद्धार गरिएको छ । वेपत्ताहरुको खोजी कार्य जारी रहेको छ । अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले …

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरिएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । आज नै उनीमाथि संसदीय सुनुवाइ भएको थियो । संवैधानिक परिषद्ले असोज १ गते राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । राउत २०७१ साउन १७ मा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएका थिए । प्रधानन्यायाधीशमा राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था …

पुरा पढ्नुहॊस »

महिला नेतृत्वको कुरा संविधानमा मात्र सीमित रह्यो : सञ्चारमन्त्री गुरुङ (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले महिला नेतृत्व विकासका लागि संविधानले सुनिश्चित गरेको समान अधिकारलाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । सञ्चारिका समूह नेपालद्वारा आयोजित सञ्चारिका टक्स सिरिजअन्तर्गत ‘टुगेदर वी लिड’मा प्रमुख अथितिका तर्फबाट बाल्दै उनले नेपालको राजनीतिक र सामाजिक संरचनाले महिलाहरूको नेतृत्व विकासमा सकरात्मक भूमिका खेल्नसक्ने भौतिक आधार रहेको बताए । मन्त्री गुरुङले भने, ‘महिलाहरूलाई नेतृत्व दिनका लागि संविधानमा समान अधिकार दिएको छ …

पुरा पढ्नुहॊस »

बाढीपीडितहरुलाई अख्तियार प्रमुख र आयुक्तहरुको सात दिनको तलब

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्त, सचिव, सहसचिव, उपसचिवलगायत कर्मचारीहरूले तलब बापतकाे सात दिनकाे रकम बाढी–पहिरो पीडितलाई सहयोग गर्ने भएका छन् । बुधबार अख्तियारका प्रवक्ता नरहरि घिमिरेले एक विज्ञप्ति जारी गर्दै बाढी–पहिरो पीडितहरूलाई केही दिनको तलबबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । प्रमुख आयुक्त-आयुक्तहरूले आफ्नो सात दिनको तलब बाढी–पहिरो पीडितको सहयोगका लागि दिने भएका हुन् । अख्तियारमा प्रमुख आयुक्त एक जना र चार जना …

पुरा पढ्नुहॊस »