संसद ‘गफ गर्ने अखडा’ नभई जनताका समस्याको समाधान खोज्ने थलो हाे : सांसद युवराज दुलाल

काठमाडौं । संसदलाई ‘गफ गर्ने अखडा’ नभई जनताका समस्याको समाधान खोज्ने जिम्मेवार थलोका रूपमा स्थापित गर्नुपर्ने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले  बताएका छन् ।

उनले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै जनप्रतिनिधिहरूले उठाएका जनताका आवाजलाई सरकारले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई संसदप्रति उत्तरदायी बनाउने व्यवस्था नियमावलीमा सुनिश्चित गरिनुपर्ने धारणा राखे ।

उनले भने, ‘संसदमा जनप्रतिनिधिले उठाएका जनताका भावनालाई सम्बोधन गर्नका लागि, सरकारलाई जवाफदेही बनाउनका लागि हामीले उठाएका आवाजका लागि गफ गर्ने थलो बनाउन हुँदैन् । प्रधानमन्त्री वा मन्त्रीलाई जवाफदेही एवम उत्तरदायी बनाउन नियमावलीले ख्याल गर्नु पर्दछ ।’

उनले १३ औँ र १७औँ शताब्दीबाट सुरु भएका संसदीय अभ्यासलाई वर्तमान समयअनुसार परिवर्तन गर्दै संसदलाई चुस्त, व्यवस्थित र जनताप्रति जवाफदेही बनाउनुपर्ने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री