समाचार

गण्डकी प्रदेशमा मन्त्री बन्दै फणीन्द्र र मनाङे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिमण्डल विस्तार गर्दैछन् । सांसद फणीन्द्र देवकोटा र दीपक मनाङे (राजीव गुरुङ)ले आज मन्त्रीको शपथ लिने भएका हुन् । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने बताइएको छ । उनी गण्डकीको सामाजिक विकास तथा कृषि समितिका सभापति पनि हुन् । स्वतन्त्र सांसद दीपक मनाङे छैटौं पटक मन्त्री बन्दै छन् । प्रदेशसभाको दोस्रो कार्यकालमा मात्रै उनी दुई पटक मन्त्री भइसकेका छन् । सुरुमा सुरेन्द्रराज …

पुरा पढ्नुहॊस »

घर फोडेर करोड बढीको सामान चोर्ने दुई युवक पक्राउ

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-१७ घारी पाटनका स्थानीयको घरबाट एक करोडभन्दा बढीको धनमाल चोरी अभियोगमा पक्राउ परेका दुई जनालाई कास्की प्रहरीले सोमबार सार्वजनिक गरेको छ । पोखरा महानगरपालिका-२२ घर भई पोखरा १३ मियापाटन बस्ने वर्ष २१ का नवीन नेपाली र गोरखा घर भई पोखरा ४ गैह्रा पाटन बस्ने वर्ष २९ का सुवास थापामगरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । नेपाली र थापालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा आइतबार …

पुरा पढ्नुहॊस »

भाडामा दिएका सामुदायिक विद्यालयका १७५ सटरमा महानगरको ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यावसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । तीमध्ये चारवटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरका कर्मचारीले नै ताला लगाएका थिए । यस्तै, बाँकी सञ्चालकले नै बन्द गरेका हुन् । विभागले ताला लगाएका विद्यालयमा जेपी स्कुल ठमेलका मात्रै ४६ वटा सटर रहेका छन्, जहाँ रेष्टुरेण्टसहितका व्यापारिक क्रियाकलाप सञ्चालन हुँदै आएको महानगरले उल्लेख गरेको छ । …

पुरा पढ्नुहॊस »

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बससँग ठोक्कियो पिकअप भ्यान

काठमाडौं । कपिलवस्तुमा बस र पिकअप भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । बुद्ध भूमि नगरपालिका-४ झडुलामाईमा मंगलबार बिहान साढे ५ बजेतिर दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीकाअनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२-००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप एक आपसमा ठक्कर खाएका थिए । घटनामा परी पिक अप …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत छलफल सुरु हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ । युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विभिन्न शिर्षकमाथि छलफल हुने तालिका रहेको छ । त्यस्तै विनियोजन विधेयक अन्तर्गत विभिन्न सांसदहरुले राखेका पाँच खर्च घाउने प्रस्ताव समेत पेश हुने तालिका रहेको …

पुरा पढ्नुहॊस »

स्वीट्जरल्याण्ड जाँदै राष्ट्रपति पौडेल, जर्मनीको पनि भ्रमण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार स्वीट्जरल्याण्डको जेनेभा जाँदैछन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस) को उद्घाटन मञ्चमा सहभागी हुन उनी जेनेभा जान लागेका हुन् । राष्ट्रपति पौडेलले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले यही जेठ ३० गते स्विस महासंघका राष्ट्रपति विओला …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

दाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । शुभ कार्यमा मन पनि जानेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

सुरु भयो मनसुनको प्रभाव, कहाँको मौसम कस्तो ?

काठमाडौँ । अहिले देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी प्रदेशलगायत बागमती …

पुरा पढ्नुहॊस »

मोदीको शपथमा भारत गएका प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।  प्रधानमन्त्री प्रचण्ड उनका भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ गएका थिए । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरे । सो अवसरमा प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाले सम्मान गारत …

पुरा पढ्नुहॊस »

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस

काठमाडौँ । दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरिएको छ । सर्वोच्च अदालतको फैसला लगत्तै काठमाडौँ विश्व विद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो । काठमाडौँ विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनु भनेर परमादेश दिएअनुसार आफूहरूले आयोगलाई पत्राचार गरिएको बताए । यसअघि समेत पत्राचार भएपनि आयोगले रोकेको बताउँदै उनले अहिले भने सर्वोच्चको परमादेशमै सम्बन्धन दिनु भनेर कडा आदेश …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds