समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले ३१ मतसहित विश्वासको मत प्राप्त गरेका हुन् । उनलाई उनको दल नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २, स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेसपाका फणीन्द्र देवकोटाले विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । त्यस्तै उनको विपक्षमा एमालेका २२, माओवादी केन्द्रका ६ …

पुरा पढ्नुहॊस »

रवि लामिछानेको मुद्धामा सर्वोच्चले माग्यो अभियोगपत्र

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरूद्धको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ । लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा नभएको भन्दै महान्यायाधिवक्ताले दिएको पत्र बदर गर्न माग गर्दै परेको रिटमा सोमबार न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले रूपन्देही जिल्ला अदालतमा सरकारी वकिलले दर्ता गरेको अभियोगपत्रको प्रमाणित प्रतिलिपि मगाउने आदेश दिएको हो । यो रिटमा अर्को सुनुवाई असार ४ गतेलाई तोकिएको छ । गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएको र गृहमन्त्रीकै …

पुरा पढ्नुहॊस »

प्रहरीको जागिर छोडेर कोरिया पुगेका हरिचन्द्रको साता दिनमै मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया पुगेका एक नेपालीको मृत्यु भएको छ । कोरिया पुगेको साता दिनमै जाजरकोटको छेडागाड नगरपालिका-३ का हरिचन्द्र अधिकारीको मृत्यु भएको हो । २०७८ सालमा प्रहरीको जागिर खाएपनि त्यसबाट घरखर्च चलाउन धौधौ भएपछि उनी कोरिया गएका थिए । २०७९ मा इपिएस परीक्षा पास गरेपनि पालो पर्खँदापर्खँदै २ वर्षपछि प्रहरीको जागिर छाडेर यही जेठ १४ गते उनी कोरियातर्फ उडेका थिए । तर, उता पुगेर काम थालेको …

पुरा पढ्नुहॊस »

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे, अंकगणित छैन सरकार अनुकूल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो । नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ …

पुरा पढ्नुहॊस »

सन्दीप लामिछानेले वेष्टइण्डिजमा विश्वकप खेल्ने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका‌ सदस्य सन्दीप लामिछाने टि-ट्वान्टी विश्वकपमा नेपालले वेस्ट इन्डिजमा खेल्ने अन्तिम दुई खेल खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेलमा टोलीमा समावेश गरिने जानकारी दिएको हो । नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई‌ दुवै पटक भिसा दिन अस्वीकार गरेपछि सन्दीपले विश्वकप नखेल्ने सम्भावना बढेको थियो । तर उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विज्ञप्तिमा सन्दीप …

पुरा पढ्नुहॊस »

मुसिकोटमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु (नामावलीसहित)

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । मुसिकोट-१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका-४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटना भएको हो । गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय सौगात बिक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता (तस्बिरहरु)

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । भेटमा उनीहरूबीच नेपाल-भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

पुलमा फसेका ११ खच्चडको जीवितै उद्धार, दुईटा मरे

काठमाडौं । कर्णाली नदीमाथि फसेका १३ खच्चडमध्ये उद्धारको क्रममा दुई खच्चड मरेका छन् । ११ वटाको जीवितै उद्धार भएको छ । आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट चामल लिन दैलेखको आठविस नगरपालिका–४ खिड्कीज्यूला जाने क्रममा झोलुङ्गे पुलको लठ्ठा चुडिँदा पुलमा अड्किएका खच्चडको उद्धारका लागि सुरक्षाकर्मी पुगेका थिए । बिहान ९ बजेतिर फसेका खच्चडको उद्धारका लागि अछाम र दैलेख जिल्लाबाट सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाको टोली घटनास्थल …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, विदेश मन्त्रालयका कर्मचारीले गरे स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार दिउँसो भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका प्रचण्डलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयको स्पेसल ड्यूटी महाशाखाका अधिकारीले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।मोदीले बेलुका सवा ७ बजे राष्ट्रपति भवनमा विशेष समारोहबीच तेस्रो कार्यकालका निम्ति शपथ लिँदैछन् । शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार नै त्यसतर्फ प्रस्थान …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds