विविध

बिहारमा रेल खस्दा ६ को मृत्यु, १०० जना घाइते

काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना भएको छ। बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएका छन् । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अस्पतालमा उपचार जारी छ …

पुरा पढ्नुहॊस »

बझाङमा मध्यरात अर्को भूकम्प

bhukampa bajhabg/बझाङको चैनपुर केन्द्रबिन्दु भएर फेरि भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ । भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति १२:२२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिमका अन्य जिल्लामा पनि महसुस गएिको छ । मध्यराति भूकम्प जाँदा मानिसहरु त्रसित हुँदै घरबाहिर निस्किएका थिए ।

पुरा पढ्नुहॊस »

अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] बीबीसी । पश्चिमी अफगानिस्तानमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । पाँच दिनअघि पनि त्यहाँ ठूलो भूकम्प जाँदा धनजनको क्षति भएको थियो । स्थानीय समयानुसार बिहान ५ः१० मिनेटमा फेरि पनि ६.३ म्याग्निट्यूडकै भूकम्प गएको विवरणमा जनाइएको छ । हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा भूकम्पले केन्द्रबिन्दु बनाएको बताइएको छ । यसअघि १,००० जनाभन्दा बढीको ज्यान जाने गरी शनिवार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो …

पुरा पढ्नुहॊस »

बुधबार कृष्ण भगवानको पूजा

श्री कृष्ण/बुधबार कृष्ण भगवानको पूजा

हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मान्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् । कतिपयलाई ज्ञान नहुनसक्छ बुधबार कुन देवताको पुजा गर्ने भन्ने । ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी कृष्णको अवतारको पूजा गरिन्छ । पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम …

पुरा पढ्नुहॊस »

हमास-इजरायल युद्ध : इजरायली आक्रामणमा दुई पत्रकार मारिए

एजेन्सी । रुसले गाजा र इजरायलमा भइरहेको हिंसाको निन्दा गर्दै अमेरिकाको प्रतिक्रिया ‘विपत्तिजनक’ भएको बताएको छ । अल जजिराका अनुसार गाजा एन्क्लेभको पश्चिमी भागमा रहेको आवासीय भवनमा इजरायली हवाई आक्रमणमा दुई पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ। टर्की अनादोलु एजेन्सीले दुई पत्रकार सइद अल तावील र मोहम्मद सोभको रूपमा पहिचान गरेको हमास नियन्त्रित सरकारी मिडिया कार्यालयको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । इजरायल–हमास द्वन्द्वमा मृत्यु हुनेको संख्या बढेको छ । …

पुरा पढ्नुहॊस »

इजरायल घटनामा यी हुन् सरकारका ११ निर्णय (पूर्णपाठ)

काठमाडौँ । इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले चार्टर विमानमा ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरु नेपाल आउन चाहेमा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय गरेको हो । यस्तै बैठकले इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई …

पुरा पढ्नुहॊस »

अब मलेसियाको सीबीएलबाट पठाएको पैसा ईसेवा मनि ट्रान्सफरबाट पाइने

काठमाडाैँ । ईसेवा मनि ट्रान्सफर र मलेशियाको सीबीएल मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, अजेश कोईराला र सीबीएल मनि ट्रान्सफरको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, मोहम्मद सैदुर रहमान फराजीले हस्ताक्षर गरे। ईसेवा मनि ट्रान्सफर र सीबीएल मनि ट्रान्सफरबीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोईराला भन्छन्, ‘सीबीएल …

पुरा पढ्नुहॊस »

इजरेलले थाल्यो आक्रमण, गाजावासीलाई घरबाट भाग्न चेतावनी

बीबीसी । इजरेलले गाजामा बसिरहेका मानिसहरूलाई घर छाड्न चेतावनी दिएको छ । शनिबार हमासले आफूविरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाही अघि बढाइरहेको भन्दै इजरेलले गाजावासीलाई घर छाड्न चेतावनी दिएको हो । हमासका निशानाहरू ध्वस्त पार्ने चेतावनी इजरेलले दिएपछि गाजाका मानिसहरू सुरक्षित रहने प्रयास गरिरहेका छन् । दक्षिण इजरेलमा साइरनका आवाजहरू सुनिएका छन् । हमासले आफूले इजरेलको एसकलोन शहरमा एक सयवटा रकेट प्रहार गरेको जनाएको छ । इजरेली सेनाले देशभित्रका कैयौँ …

पुरा पढ्नुहॊस »

जेलमा रहेकी इरानी अधिकारकर्मीलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मीले पाएकी छिन् । जेलमा रहेकी मानवअधिकारकर्मी ५१ वर्षीया नर्गिस मोहम्मदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । इरानमा महिलामाथि हुने दमनविरूद्ध उनले गरेको लडाइँ र मानवअधिकार प्रवर्द्धन र स्वतन्त्रताका लागि दिएको योगदानका लागि उनलाई नोबेल शान्ति पुरस्कार दिइएको हो । ३१ वर्षको जेल सजाय पाएकी उनी इरानको जेलमा छिन् । नोबेल पुरस्कार समितिले उनलाई ‘फ्रिडर फाइटर’ को …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

मनमा विना कामका चिन्ताले सताउनेछन् । नजिकका व्यक्तिहरू सँग झगडा पर्न सक्नेछ, साँझमा भने कतैबाट शुभ समाचार सुन्नमा आउनेछ । ***राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »