काठमाडौं । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । उनका शुक्रबार बिहान सांघाईमा हृदयाघातको कारण निधन भएको हो । ६८ वर्षीय ली चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यसमेत थिए ।
पुरा पढ्नुहॊस »गाजामा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ६,५०० नाघ्यो
सिन्ह्वा। गाजापट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यसैबीच, तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले जनाएको छ । अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र सहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तीमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।
पुरा पढ्नुहॊस »काठमाडौँका यी रुटमा निःशुल्क बस सेवा सञ्चालन
काठमाडौँ । सशस्त्र प्रहरीले विजयादशमीको दिन आज काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दसैँको टीका ग्रहणका लागि आवतजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले जनाएको छ ।
पुरा पढ्नुहॊस »बडादसैँको तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजाआराधना
काठमाडौं । बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजाआराधना गरि मनाइँदैछ । दसैँको घटस्थापनासँगै नवदूर्गाका नौवटा रूपहरूको पूजा गर्ने हिन्दु परम्परा छ । चन्द्रघण्टालाई नवदुर्गा मध्ये एक देवीको स्वरुप मानिन्छ । दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
पुरा पढ्नुहॊस »अस्ट्रेलियाले एस्कलाई तिरायो ४ अर्ब डलर जरिवाना
एजेन्सी । बालबालिकामाथि दूर्व्यवहारसम्बन्धी मामिलामा भएको एउटा छानबिनमा सहयोग नगरेको भन्दै अस्ट्रेलियाको नियामकले अमेरिकी सामाजिक सञ्जाल एक्सलाई झन्डै ४ अर्ब डलर जरिवाना तिराएको छ । एक्ससँग विज्ञापनदाताहरू तर्किरहेकै बेलामा अस्ट्रेलियाको यो निर्णयले कम्पनीलाई अर्को धक्का दिएको छ । एक्समा बाल दूर्व्यवहारजन्य सामाग्रीको पहिचान गर्न कम्पनीले कुन विधिको प्रयोग गर्ने गरेको छ र त्यस्ता सामाग्रीमा आवश्यक प्रतिक्रिया जनाउन कम्पनीलाई कति समय लाग्छ भन्ने समेतका प्रश्नहरूको उत्तर एक्सले दिएको थिएन । यस …
पुरा पढ्नुहॊस »बिहारमा रेल खस्दा ६ को मृत्यु, १०० जना घाइते
काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना भएको छ। बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएका छन् । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अस्पतालमा उपचार जारी छ …
पुरा पढ्नुहॊस »बझाङमा मध्यरात अर्को भूकम्प
काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ । भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति १२:२२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिमका अन्य जिल्लामा पनि महसुस गएिको छ । मध्यराति भूकम्प जाँदा मानिसहरु त्रसित हुँदै घरबाहिर निस्किएका थिए ।
पुरा पढ्नुहॊस »अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प
[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] बीबीसी । पश्चिमी अफगानिस्तानमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । पाँच दिनअघि पनि त्यहाँ ठूलो भूकम्प जाँदा धनजनको क्षति भएको थियो । स्थानीय समयानुसार बिहान ५ः१० मिनेटमा फेरि पनि ६.३ म्याग्निट्यूडकै भूकम्प गएको विवरणमा जनाइएको छ । हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा भूकम्पले केन्द्रबिन्दु बनाएको बताइएको छ । यसअघि १,००० जनाभन्दा बढीको ज्यान जाने गरी शनिवार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो …
पुरा पढ्नुहॊस »बुधबार कृष्ण भगवानको पूजा
हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मान्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् । कतिपयलाई ज्ञान नहुनसक्छ बुधबार कुन देवताको पुजा गर्ने भन्ने । ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी कृष्णको अवतारको पूजा गरिन्छ । पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम …
पुरा पढ्नुहॊस »हमास-इजरायल युद्ध : इजरायली आक्रामणमा दुई पत्रकार मारिए
एजेन्सी । रुसले गाजा र इजरायलमा भइरहेको हिंसाको निन्दा गर्दै अमेरिकाको प्रतिक्रिया ‘विपत्तिजनक’ भएको बताएको छ । अल जजिराका अनुसार गाजा एन्क्लेभको पश्चिमी भागमा रहेको आवासीय भवनमा इजरायली हवाई आक्रमणमा दुई पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ। टर्की अनादोलु एजेन्सीले दुई पत्रकार सइद अल तावील र मोहम्मद सोभको रूपमा पहिचान गरेको हमास नियन्त्रित सरकारी मिडिया कार्यालयको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । इजरायल–हमास द्वन्द्वमा मृत्यु हुनेको संख्या बढेको छ । …
पुरा पढ्नुहॊस »