काठमाडौं । बुद्धनगर सरसफाइ कार्यक्रमले सफाइका ५७४ हप्ता पूरा गरेको छ । कार्यक्रम अन्तर्गत शनिबार ५७४औं हप्ताको सफाइ गरिएको हो । बुद्धनगर सरसफाइ समूहद्वारा २०७२ वैशाख ५ गते सुरु गरिएको सफाइ कार्यक्रमले अनवरत रुपमा सफाइ गरेपछि बुद्धनगर क्षेत्रमा जथाभाबी फोहर फाल्ने प्रवृत्तिको अन्त्य भएको र सडक सफा देखिन्छ ।
सफाइ कार्यक्रमको प्रमुख अभियानकर्मी सांसद मोहन कुमार राई हुन् । राईकाअनुसार सफाइ कार्यक्रममा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठ, खेलाडी, डाक्टर, समाजसेवीलगायत स्थानीयहरूकाे उल्लेख्य सहभागीता रहेकाे थियाे। हेरौं तस्वीरमा :-


तपाईंको प्रतिकृया




