विविध

विश्वको सबैभन्दा ठूलो विमानको परीक्षण उडान सफल

काठमाडाैं । विमाननिर्माता कम्पनी बोइङले दुईवटा इन्जिन भएको विश्वको सबैभन्दा ठूलो जेट ‘७७७ एक्स’ को पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त अमेरिकी कम्पनीले निर्माण गरेका दुईवटा विमान दुर्घटनामा परेपछि ७३७ म्याक्स मोडलका सबै विमानको उडानमा गत वर्ष संसारभरि रोक लगाइएको थियो । ती दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो । बोइङले आफ्नो छवि सुधार्ने प्रयासस्वरूप नयाँ विमानको परीक्षण गरेको मानिएको बीबीसीले जनाएको छ । अमेरिकाको सीयाटलनजिकै एउटा …

पुरा पढ्नुहॊस »

टोखामा विद्यार्थीलाई ‘निःशुल्क दिवा खाजा’

काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल विकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउन लागिएको हो । नगरपालिकाभित्रका झोर महाँकाल, बौडेश्वर, चण्डेश्वरी, धापासी, तिलिङ्गाटार, जालपा र मनोहर माविका विद्यार्थीलाई खाजा खुवाउन लागिएको हो । आठ सरकारी विद्यालयमा हाल चार हजार ३०६ विद्यार्थी अध्ययनरत छन् । निजी र सरकारी विद्यालयमा गरी झण्डै ४० हजार विद्यार्थी …

पुरा पढ्नुहॊस »

रानीपोखरीको पुनर्निर्माणको काम तीव्र, वैशाखसम्म सम्पन्न हुने

काठमाडौं । आगामी वैशाखसम्ममा सक्ने गरी रानीपोखरीको पुनर्निर्माणको काम तीव्ररुपमा अघि बढेको छ। अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निणको काम निकै अघि बढिसकेको छ। पोखरीको ४६ प्रतिशत काम सकिएको छ। पोखरीको सौन्दर्यकरणको काम २२ प्रतिशत सकिएको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ। पोखरीमा अहिले गोकर्णबाट ल्याइएको माटो धमाधम लगाउने काम भइरहेको छ। त्यसपछि इँटा लगाउने तयारी छ। हाल ६० कामदारले …

पुरा पढ्नुहॊस »

टिकटक प्रयोगमा अमेरिकी सेनाले लगायो प्रतिबन्ध

काठमाडाैं । अमेरिकी सेनाले कार्यालय प्रयोजनका लागि उपयोग हुने मोबाइल फोन निरन्तर चर्चित हुँदै गएको एप्लिकेशन टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सुरक्षाको कारण देखाउँदै कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइलमा टिकटक प्रतिबन्ध लगाएको हो । चिनियाँ कम्पनी बाइटेडान्सको स्वामित्वमा रहेको टिकटक पछिल्लो समय अमेरिका र अरु देशमा निगरानीको घेरामा आएको छ । अमेरिकी सेनाका लेफ्टिनेन्ट कर्णेल रोबिन ओचोआले अमेरिकी सञ्चारमाध्यमसँग टिकटकलाई ‘साइबर धम्की’ का रुपमा लिइएको बताएका छन् । …

पुरा पढ्नुहॊस »

तपाईलाई २०२० कस्तो रहन्छ हेर्नुहोस् राशिफल

नयाँ वर्ष २०२० नजिकिए सँगै यो वर्ष कस्तो रहन्छ? भन्ने जिज्ञाशा आम सर्वसाधारणमा हुन्छ नै । अहिलेसम्मको समय जे-जस्तो तरिकाबाट विते पनि अब आउने वर्ष आफ्नो लागि राम्रो होस् र उन्नति प्रगति गर्न सकियोस् भन्ने चाहना सबैको हुन्छ । वितेको समयमा पनि यस्ता चाहना हुन्थे नै । विगतको अनुभव एवं भोगाईले पनि मान्छेले तितामिठा अनुभव संगालेको हुन्छ । अब आउने समयमा आफूले चाहेको जस्तो उपलब्धि तथा सफलता मिल्ला नमिल्ला ग्रहगोचरको …

पुरा पढ्नुहॊस »

सिन्धुलीमा भजन संरक्षण अभियानमा महिला

सिन्धुली । महिलाले भजन नाचलाई विशेष महत्वका साथ प्रदर्शन गर्न थालेका छन् । लोपोन्मुख हुँदै गएको परम्परागत भजन नाचलाई संरक्षण गर्ने उदेश्यले महिला कलाकारहरुले भजन नाचलाई विभिन्न सभा समारोहरुमा विशेष महत्वका साथ प्रदर्शन गर्न थालेका छन् । पाश्चात्य सस्ंकृतिका कारण नेपाली मौलिक कला र सस्ंकृतिहरु हराउँदै जान थालेपछि सिन्धुलीको कलाघरका महिला कलाकारहरु नेपाली मौलिक भजन नाचको संरक्षणमा लागेका हुन् । नेपाली मौलिक सस्ंकृति युक्त भजननाच हिन्दु धर्म सस्ंकृतिसँग सम्बन्धित हिन्दु …

पुरा पढ्नुहॊस »

पौष १० मा लाग्ने सूर्य ग्रहण बढी असरकारक हुनेछः ज्यो. सुवेदी (भिडियो सहित

काठमाडाैँ ।  यही वि.सं. २०७६ पौष १० गते तदनुसार ई.सन २०१९ डिसेम्बर २६ तारिक बिहीवारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषी दीपक सुवेदीले बताउनु भएको छ । नेपाली समय अनुसार विहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनटको हुने सो ग्रहणको असरहरुको बारेमा प्रकाश पार्दै ज्यो. सुवेदीले यतिबेलाको ग्रहणको बढी असर हुनसक्ने बताउनु भएको छ । सो कुरा उहाँले फोरकास्ट टेलिभिजन युट्युब च्यालनलमा बताउनु भएको हो । यसै …

पुरा पढ्नुहॊस »

सागको सातौं दिन आज १८ खेल हुँदै

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौं दिन आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको सातौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १८ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा शनिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ । जसमा महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र …

पुरा पढ्नुहॊस »

केरुङ-काठमाडौँ रेलमार्ग : निर्माणबारे छलफल गर्न चिनियाँ टोली नेपाल आउने

काठमाडाैँ । नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न आगामी साता उच्च स्तरीय चिनियाँ टोली नेपाल आउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखाका प्रमुख गोपालप्रसाद सिग्देलका अनुसार चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणको क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी पत्र (एमओयू) अनुसार केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोेजना प्रतिवेदन (डीपीआर) तयारका क्रममा चिनियाँ टोली …

पुरा पढ्नुहॊस »

ओपोले ‘डुअल मोड फाइभजी’ स्मार्टफोन सार्वजनिक गर्ने

काठमाडौं । ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजनाको घोषणा गरेको छ । ओपोका चिफ ५जी साइन्टिस्ट, हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वालकम ५जी समित २०१९मा गरेको घोषणा अनुसार नयाँ उपकरण, क्वालकमको डुअल मोड फाइभजीबाट सञ्चारित हुनुका साथै यसले स्ट्यान्डअलोन (एसए) र नन्(स्ट्यान्डअलोन (एनएसए) नेटवर्क दुबै सपोर्ट गर्नेछ । ५जी समिटमा ओपोको प्रतिनिधित्व गर्दै विश्वकै अग्रणी प्राविधिक कम्पनीहरुका एक्जेक्यूटिभ्स र आरएण्डडी प्रिन्सिपल्सका सामु ट्याङले ५जीको हालको अवस्था र भविस्यका उत्पादन, …

पुरा पढ्नुहॊस »