बीमा

एलआइसीको चाबहिल शाखाले दियो २० लाख दाबी भुक्तानी

काठमाडौं । एलआइसी नेपालले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले फागुन १८ गते शुक्रबार काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका कपन निवासी स्व. ङिमा रिन्जी शेर्पाको परिवारलाई जीवन बीमा वाफतको २२ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेहो को । स्व. शेर्पाका भतिज दावा शेर्पालाई उक्त मृत्यु दावी वाफतको रकम कम्पनीका चाबहिल शाखाका शाखा प्रमुख नरेन्द्र बिष्ट र अभिकर्ता डोमा शेर्पाको संयुक्त उपस्थितिमा हस्तान्तरण गरिएको हो । स्व. बीमित शेर्पाको …

पुरा पढ्नुहॊस »

एसियन लाइफको लाभांश पारित

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको शुक्रबार सम्पन्न साधारणसभाले लाभांश वितरण र हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ । सिमरामा सम्पन्न १६औंँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशतले हुन आउने एक करोड २८ लाख ७० हजार तीन सय पाँच रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने तीन अर्ब ३९ करोड ९८ लाख …

पुरा पढ्नुहॊस »

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं नियुक्त

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमासन्तोष प्रसाईं नियुक्त भएका छन् । इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति)बाट बीमा क्षेत्रमा प्रवेश गरेका उनी बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा चिनिन्छन् । उनले अब ४ वर्ष इन्स्योरेन्स हाक्नेछन् ।

पुरा पढ्नुहॊस »

सेजन सदस्यको १६ करोड रुपैयाँ बराबरको स्वास्थ्य बीमा

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यहरूको स्वास्थ्य बीमा गरेको छ। सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको हो। बिहीबार एक कार्यक्रमबीच हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आश्विन पराजुलीलाई बीमा पोलिसी हस्तान्तरण गरेका हुन्। यद्यपि पोलिसी फागुन ४ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ। स्वास्थ्य बीमाको अवधि एक वर्षको हुने छ। पोलिसी हस्तान्तरण कार्यक्रममा …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफ इन्स्योरेन्सले २५.०५ प्रतिशत लाभांश दिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश गरी कुल २५.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब २० करोड रूपैयाँ रहेको …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एम्.डी.आर.टी कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरा स्थित, ल्यान्डमार्क होटलमा दुई दिनको ‘एम्.डी.आर.टी.(Million Dollar Round Table) २०२४’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उत्कृष्ट सेवा प्रदान गर्दै आएका सिटिजनका लिडरहरूको क्षमता विकास गर्ने उद्देश्य भई सो कार्यक्रमको मुख्य कार्यसूचीमा समय व्यवस्थापन, जीवन व्यवस्थापन, मानसिक जागरूकता, तथा खानपिन सुधार संलग्न रहेको थियो । उक्त कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरूले उपस्थिति जनाएका थिए । यस कार्यक्रमका मुख्य वक्ता डा.योगी …

पुरा पढ्नुहॊस »

नेशनल लाईफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरेर मनायो वार्षिकोत्सव

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिहीबार ३६औँ वर्ष पुरा गरी ३७औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौँमा विशेष रक्तदान कार्यक्रम सञ्‍चालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरूको सहभागिता रहेको थियो । देशभरमा ५३ वटा बाल र वृद्ध आश्रमहरूमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । अपाङ्गता संरक्षण नेपालको सहायतामा …

पुरा पढ्नुहॊस »

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरूलाई सहयोग प्रदान

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जन्मजात अथवा कुनै भवितव्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरूलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ । रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कम्पनीको डेपुटी सिईओ नीराजन कँडेल, एरिया म्यानेजर इसा प्रधान लगायतको उपस्थिति रहेको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत …

पुरा पढ्नुहॊस »

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभाबाट लाभांश पारित

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औंं वार्षिक साधारण सभा (मर्जर पछिको पहिलो साधारण सभा) सम्पन्न भएको छ । कम्पनीको साधारण सभा फाल्गुन ६ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सम्पन्न भएको हो । उक्त सभामा कम्पनीको हाल कायम चुक्तापूँजीको १०।२६१२ प्रतिशतले हुन आउने रकम १९ करोड ५४ लाख ३२ हजार रुपैयाँबराबरको बोनस सेयर र ०.५४०१ प्रतिशतका दरले हुन आउने १ करोड २ लाख ८५ हजार ८९४.७४ रुपैयाँबराबरको नगद लाभांश९कर …

पुरा पढ्नुहॊस »

लाभांश नबाँड्ने शिखर इन्स्योरेन्सको निर्णय

काठमाडौँ । शिखर इन्स्योरेन्सले लाभांश नबाँड्ने भएको छ । गत वर्षको नाफाबाट वितरण योग्य रकम सञ्चित कोषमा गर्न सञ्चित गर्ने तर शेयर धनीहरूमा वितरण नगर्ने कम्पनीले निर्णय गरेको हो । गत शुक्रवार सञ्चालक समितिको ३२२ बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य नाफाबाट लाभांश प्रस्ताव नगरी सञ्चित कोषमै सञ्चित गर्ने निर्णय गरेको हो । उक्त निर्णय कम्पनीका सचिव सुरज राजवाहकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएका हुन् ।

पुरा पढ्नुहॊस »