बीमा

नेसनल लाइफ इन्स्योरेन्सले कमायो २५ करोड ५१ लाख नाफा

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । कम्पनीले उक्त छ महिनामा २५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १६.९१ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले अघिल्लो वर्ष २१ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । कम्पनीले लगानी तथा कर्जाबाट …

पुरा पढ्नुहॊस »

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल

काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल नियुक्त भएका छन् । माघ २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि पनि कम्पनीको अध्यक्ष थिए । उनी शंकर समूहका उपाध्यक्ष तथा जगदम्बा होल्डिङका अध्यक्ष समेत छन् ।

पुरा पढ्नुहॊस »

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० करोड ८७ लाख रुपैयाँ लाभांश वितरण गर्ने

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । कम्पनीको १९ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको उक्त रकम लाभांशमार्फत वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ छ । यसको ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख रुपैयाँभन्दा बढी नगद लाभांस (करसहित) …

पुरा पढ्नुहॊस »

प्रभु महालक्ष्मी लाइफको मिड टर्म विजनेस समिट सम्पन्न

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उपक्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गतेदेखि २१ गतेसम्म ३ दिने विजनेस समिट कार्यक्रम सम्पन्न गरेको हो । ‘मिड टर्म विजनेस समिट २०८०’को उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख …

पुरा पढ्नुहॊस »

युनिक वित्तीय संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम यही मिति २०८० माघ २० गते कोहलपुरमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा शाखा कार्यालयका शाखा प्रमुखहरुले पालैपालो तोकिएको ढाँचामा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । उक्त प्रगति विवरणमाथि वित्तीय संस्थाका कार्यकारी निर्देशक, सेक्सन प्रमुखहरुले टिप्पणी गर्नुका साथै सुझाव दिएका थिए । प्रस्तुतीकरणपछि सहभागीहरुबाट विभिन्न समसामयिक विषयमा ३ वटा समूह बनाई छलफल गराइएको …

पुरा पढ्नुहॊस »

एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने

काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनका लागि कम्पनीले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्ने भएको हो । कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको १८९ औं बैंठकले आर्थिक वर्ष २०७९÷८० को सञ्चित नाफाबाट प्रस्तावित लाभांश वितरण पश्चात कायम हुने …

पुरा पढ्नुहॊस »

नेशनल लाइफले अभिकर्तालाई गरायो लुम्बिनी र रानीमहल भ्रमण

काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूलाई भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ । लुम्बिनी लक्जरी टुरअन्तर्गत उत्कृष्ट अभिकर्ताहरूलाई लुम्बिनी र रानी महल भ्रमण गराइएको कम्पनीले जनाएको छ । भ्रमणमा कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरू र देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल भएका करिब ४०० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताले भ्रमणमा सहभागिता जनाएका थिए । सो अवसरमा कम्पनीका उपप्रमुख …

पुरा पढ्नुहॊस »

सानिमा रिलायन्स लाईफले गर्‍यो बिमा सचेतना कार्यक्रम

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.बि. रामेछापमा एक बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना गरिएको थियो । बिमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री, तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट, शाखा प्रमुख रामहरि केसि प्रधानाध्यापक टंक प्रसाद दाहाल, सहायक प्रधानाध्यापक चन्द्र सिङ धामी लगायतको उपस्थिति रहेको थियो । कम्पनीले विभिन्न …

पुरा पढ्नुहॊस »

हिमालयन लाइफको व्यतीत बीमालेख नवीकरणमा छुट

काठमाडाैं । हिमालयन लाइफ ईन्स्योरेन्सले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा छुट दिने जनाएको हो । जस अनुसार कम्पनीले ३ वर्षसम्म व्यतीत अवधि भएको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने उल्लेख गरेको छ । त्यसैगरी, ३ वर्षदेखि ५ वर्षसम्म व्यतीत रहेको बीमालेख नवीकरण गर्दा ५० प्रतिशत छुट दिने जनाएको छ । यसैगरी, …

पुरा पढ्नुहॊस »

काठमाडौं महानगरले ५ वडाबाट बीमितलाई सेवा दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा पाँच वडा कार्यालयमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवर्धन केन्द्रमार्फत प्रदान गर्ने भएको छ । त्यसअन्तर्गत अहिले वडा नं ८, १४, १९, २६ र ३० का कार्यालयमा रहेको स्वास्थ्य सेवा प्रवर्धन केन्द्रमार्फत सेवा दिने बताइएको छ । कामपाको स्वास्थ्य बीमा कार्यक्रमका स्रोतव्यक्ति कमल भट्टराईका अनुसार सुरुका पाँचवटा वडाबाट सेवा दिने र केही महिनापछि महानगरमा रहेका ३२ वटै वडा कार्यालयमा रहेका स्वास्थ्य सेवा …

पुरा पढ्नुहॊस »