काठमाडाैं । गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ISO 9001:2015 प्रमाणीकरण प्राप्त गरेको छ।
United Registrar of Systems (URS) तथा UKAS Management Systems मार्फत प्रमाणीकरण प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली (International Quality Management System) प्रमाणिकरणले सिटिजन लाइफले आफ्ना सेवा, सञ्चालन प्रक्रिया तथा व्यवस्थापन प्रणालीलाई विश्वस्तरीय मापदण्ड अनुरूप सञ्चालन गरिरहेको पुष्टि गर्दछ।
कम्पनीको कार्यप्रणालीमा पारदर्शिता, दक्षता तथा निरन्तर सुधारको संस्कृतिलाई यस प्रमाणिकरणले संस्थागत बनाउँदै ग्राहकहरूलाई अझ भरपर्दो, छिटो, छरितो तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई सुदृढ बनाएको छ। बीमा दाबी भुक्तानी, ग्राहक सेवा प्रवाह तथा आन्तरिक व्यवस्थापन प्रणालीमा उच्च स्तरको अनुशासन र एकरूपता कायम गर्न यो उपलब्धिले महत्वपूर्ण योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ।




