स्वास्थ्य

उत्कृष्ट कार्यसम्पादन गरेकोमा ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौं’ पहिलो, पायो प्रशंसा पत्र

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौं बागमती प्रदेशमा १३ संस्थामध्ये प्रथम भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी कार्यक्रम’ को अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंलाई सम्मन गरेको हो । गत आवमा सम्पादित स्वास्थ्य कार्यक्रमहरु तथा सेवा प्रवाह आदि मुख्य मुख्य सूचकहरुको आधारमा मुल्याङ्कन गर्दा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौंले बागमती प्रदेशमा रहेको १३ …

पुरा पढ्नुहॊस »

विपन्न नागरिक उपचार निर्देशिका जारी, कुन कुन रोगमा पाइन्छ सहुलियत ?

काठमाडौँ । सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भने । विपन्न नागरिकको उपचार स्वास्थ्य बिमा कार्यक्रमले गर्दै आए पनि अहिले बिमा कार्यक्रम केही समय राम्रोसँग सञ्चालन हुन नसकेपछि पुनःनिर्देशिका …

पुरा पढ्नुहॊस »

बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट

काठमाडौं – रोजगारी गर्न बेलायत जान आवेदन दिएका मध्ये ७१ नर्स अन्तर्वार्ताका निम्ति छनोट भएका छन् । वैदेशिक रोजगार विभागले अनलाइन फाराम भरेका मध्ये ७१ जनालाई अन्तर्वार्ताका निम्ति छानेको हो । पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’का रूपमा १०० नर्स पठाउने योजना छ । तर, मापदण्ड र योग्यताका आधारमा ७१ जनाको मात्र अनलाइन फाराम स्वीकृत गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रारम्भिक सूचीमा परेकाहरूको अन्तर्वार्ता आउँदो डिसेम्बर ४ …

पुरा पढ्नुहॊस »

आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम (तस्बिरहरुसहित)

काठमाडौँ । स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले १८ जना आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दिएको हो । योगाभ्यासको महत्व र फाइदाको बारेमा जानकारी दिने, कर्मचारीहरूलाई स्वस्थ रहन योग अभ्यास सम्बन्धि ज्ञान र सिप अभिवृद्धि गरी स्वास्थ्य संस्था मार्फत नियमित योगाभ्यास सञ्‍चालन गर्ने तथा विभिन्न रोगका उपचारका लागि ‘रोगानुसार योग’को ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यका साता तालिम दिइएको …

पुरा पढ्नुहॊस »

पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरूसहित)

काठमाडौँ । पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । टोखा नगरपालिकासँग समन्वयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । आमा र बच्चाको स्वास्थ्य सुधार गर्ने तथा कुपोषणजन्य रोगबाट बचाउने विषयमा जनचेतना जगाउने, स्तनपानको महत्त्व बारे जनचेतनामूलक स्वास्थ्य शिक्षा प्रदान गर्ने तथा मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवाहरूको …

पुरा पढ्नुहॊस »

स्वास्थ्य मन्त्री बस्नेतलाई बर्खास्त गरियोस् : डा केसी

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न सरकारसँग माग गरेका छन् । मन्त्री बस्नेतले आफूलाई ‘गलत गिरोहबाट सञ्चालित’ भएको आरोप लगाएको भोलिपल्ट आइतबार विज्ञप्ति निकालेर डा. केसीले उनलाई पदबाट हटाउन सरकारसँग माग गरेका हुन् । मन्त्री बस्नेतले शनिबार राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा केसीले गलत माग लिएर अनसन बस्ने गरेको आरोप लगाएका थिए । मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको …

पुरा पढ्नुहॊस »

जाडोमा यसरी गर्नुहोस् छालाको सुरक्षा

काठमाडौं । जाडो याममा वातावरण निकै नै चिसो हुन्छ । जाडो मौसमको सुरुवात सँगै मानिसहरूमा छालाका विभिन्न समस्याहरू देखा पर्न थाल्छन् । त्यसैले जाडो मौसम छालाका लागि खासै उचित मानिँदैन । जाडो याममा हामीले छालाको विशेष रूपले हेरचाह गर्नुपर्दछ । यो मौसममा सुख्खा हावा चल्ने भएकोले छालाको नरमपन हरेक दिन हराउने गर्दछ । यस अवस्थामा छालाको तुरुन्तै हेरचाह गर्नु पर्दछ । चिसोले छालामा हुने कोलाजिनलाई सोस्ने हुँदा मोस्चरको कमिले छालालाई …

पुरा पढ्नुहॊस »

उडुससँग जुझ्न दक्षिण कोरियाको सङ्घर्ष, ५ करोड १० लाख छुट्याइयो

काठमाडौँ । दक्षिण कोरियाका अधिकारीहरूले देश भर चिन्ता निम्त्याएको परजीवी किरा उडुसको सङ्क्रमणसँग जुध्न सङ्घर्ष गरिरहेको बताएका छन् । राजधानी सउल, इन्चोन र बुसान शहरमा नोभेम्बर ५ सम्ममा उडुस सङ्क्रमणका कम्तीमा १७ वटा प्रकोपजस्ता घटनाहरूको विवरण आएका छन् । दक्षिण कोरियाको सरकारले उडुससँग जुझ्नका लागि करिब ५ करोड १० लाख रुपियाँ बराबरको रकम नै छुट्याएको छ । दक्षिण कोरियाअघि फ्रान्स र यूकेमा पनि उडुसको प्रकोप देखिएको थियो र त्यसले कतिपय …

पुरा पढ्नुहॊस »

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

काठमाडौं । आज र भोलि सरकारले सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ …

पुरा पढ्नुहॊस »

बालबालिका भिटामिन ‘ए’ खुवाउने कात्तिक १७ र १८ गते

काठमाडौँ । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैं परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

पुरा पढ्नुहॊस »