अब आइतबार पनि अस्पताल बिदा हुने

काठमाडौं । अब अस्पतालमा पनि आइतबार बिदा हुने भएको छ । सेवाग्राहीको असहजतालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले आइतबार पनि ओपीडी सञ्चालन गर्न निर्देशन दिँदा चिकित्सक,नर्स लगायतका स्वास्थ्यकर्मीहरूले विरोध जनाउँदा मन्त्रालय यो कदमबाट पछाडि हटेको हो ।

सरकारले सार्वजनिक संस्थाहरूमा आइतबार पनि बिदा दिन दिएको आग्रहलाई लत्याउँदै मन्त्रालयले अस्पताल आइतबार पनि सञ्चालन गर्न भनेको थियो । विज्ञप्तिमा भनिएको छ,‘नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागु भएको सन्दर्भमा स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, सरकारको ‘हप्तामा दुई दिन सार्वजनिक बिदा’ को नीति अनुरूप आइतबारका पूर्व–निर्धारित शल्यक्रिया लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरू सधैं झैं २४ सै घण्टा सुचारु रहने जानकारी गराइन्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री