मनॊरञ्जन

डिशहोममा सुपरहिट चलचित्र ‘नाई नभन्नु ल ६’ प्रदर्शनमा

काठमाडाैं । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र ‘एक्सक्लुसिभ’ प्रदर्शन भइरहेको छ। विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोम मार्फत सपरिवार एकै साथ बसेर हेर्न सकिनेछ। अहिले आँचल शर्मा, आशिर्वाद बि क्षेत्री, सरोज खनाल, प्रियङ्का कार्की आदी कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र ‘नाई नभन्नु ल ६’ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा पुस १३ गतेदेखि प्रदर्शन हुन गई रहेको छ। …

पुरा पढ्नुहॊस »

राजमहलबाट चलचित्रमा ‘डेब्यु’ गर्दै मिस पवि

काठमाडौँ । चर्चित टिकटकर मिस पवि (पवित्रा शाँकी) ले ‘राजमहल’ बाट चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन् । सविनकुमार तोलाङ्गीको आगामी चलचित्र ‘राजमहल’ बाट मिस पविले डेब्यु गर्ने भएकी हुन् । टिकटकबाट मिस पविको नामले चर्चामा आएकी उनले यसअघि म्युजिक भिडियोहरुमा काम गरेकी छिन् । डडेलधुरा घर भएकी उनले डोटेली भाषा बोलेर टिकटकमार्फत चिनिएकी थिइन् । नौलो भाषा र आकर्षक लवजका कारण टिकटकमा उनलाई लाखौँले मन पराएका थिए । फिल्म …

पुरा पढ्नुहॊस »

‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ भन्दै सुरेश र मनु

काठमाडौं । सुरेश लामा र मनु दाहालको स्वरमा रहेको गीत ‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ सार्वजनिक भएको छ । किरण के उप्रेतीको शब्द, नवीन कार्कीको संगीत र विशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मनोज राजभण्डारीको निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई फिचर्ड गरिएको छ । रामेश्वर हुमागाईंको छायांकन रहेको भिडियोको सम्पादन मित्र डी.गुरुङको छ । सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा आकाश र …

पुरा पढ्नुहॊस »

‘धरहरामा बस्यो माया जाल’ मा राज र सोफी (भिडिओसहित)

काठमाडौं । शान्तिश्री परियार र कृष्ण काफ्लेको स्वरमा रहेको गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक भएको छ । सपना बानियाँको शब्द, सुन्दर लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आदित्य बुढाथोकीको निर्देशन र केशवराज भट्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा राज टाइगर र सोफी धरेललाई फिचरिङ गरिएको छ । राज र सोफीको जोडी भिडियोमा आकर्षक देखिएको छ । मानकृष्ण महर्जनको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन र मिलन …

पुरा पढ्नुहॊस »

नमराजको नेतृत्वमा राष्ट्रिय लोक तथा सांस्कृतिक प्रतिष्ठान

काठमाडौं । राष्ट्रिय लोक तथा सांस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षमा नमराज ढुंगाना चयन हुनुभएको छ । संस्थाको हालै आयोजित महाधिवेशनबाट ढुंगानाको नेतृृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष रामकुमार केसी, उपाध्यक्ष मीना थापा, महासचिव चन्द्रमणि गौतम, सचिव सागर लम्साल बले, सहसचिव भीमसेन खतिवडा कोषाध्यक्ष कुसुम दुलाल सिम्रन, सहकोषाध्यक्ष विष्णु तामाङ, सदस्यमा सूर्यमणि आचार्य, शोभा थापा, शिवराम भण्डारी र बाबुराम भट्टराई रहनुभएको छ । नवनिर्वाचित अध्यक्षले संस्थालाई प्रदेशिक …

पुरा पढ्नुहॊस »

सिजी इन्टरटेनमेन्टले ‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण गर्दै

काठमाडाैं । सिजी इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रूपमा कार्यक्रमहरू प्रस्तुत गर्ने भएको छ। विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र उत्पादन र प्रसारण गरिसकेको सिजी इन्टरटेनमेन्टले अब आफ्नो युट्युब च्यानल सुरु गर्न लागेको हो। हरेक दिन केही न केही नयाँ खुराक प्रस्तुत गर्ने योजनाअनुसार यही डिसेम्बर २२ देखि हरेक शुक्रबार साँझ ८ बजे वसन्त चौधरीले प्रस्तुत गर्ने कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ नियमित प्रसारण हुने बताइएको …

पुरा पढ्नुहॊस »

फेरि ‘सिन्दुर’ बनाउँदै प्रज्ञा

काठमाडौं । ‘सिन्दुर’ नामबाट फेरि टेलिसिरियल निर्माण हुने भएको छ । कलाकार तथा निर्माता प्रज्ञा जोशीले १७ वर्षपछि यसै नामबाट सिरियल बनाउन लागेकी हुन् । सिरियलको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको शुभमुहूर्तमा चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्काले नरिवल फुटाएका थिए । अभिनेत्री प्रज्ञा जोशीले नै सिरियलको मुहूर्त सट दिएकी थिए । यसअगाडि पनि प्रज्ञाले नै ‘सिन्दुर’ नामबाट सिरियल बनाएकी थिइन् …

पुरा पढ्नुहॊस »

महोत्सवमा पल शाहको सुनको ‘ब्रासलेट’ हरायो

काठमाडौँ । कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा नायक पल शाह भनेर चिनिने पूर्णविक्रम शाहको ब्रासलेट हराएको छ । शनिबार शाहको करिब ३ तोला (दाबी गरिएको) सुनको ब्रासलेट हराएको हो । स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरूले हात तानेर ब्रासलेट खोसेको बताइएको छ । तर, कसले खोस्यो ? भन्ने विषयमा भने कुनै पत्तो लाग्न नसकेको बुझिएको छ । ब्रासलेट खोज्न सिसिटिभी हेरिएपनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए । …

पुरा पढ्नुहॊस »

‘बहकिँदै छु म’मा श्रीदेव र समीक्षा (भिडिओ)

काठमाडौं । महेश भण्डारीको स्वर रहेको गीत ‘बहकिँदै छु म’ सार्वजनिक भएको छ । समीर राईको शब्द र रोसनराज गुरुङको संगीत एवं एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विजय भुर्तेलले निर्देशन रहेकोे गीतको भिडियोमा नायक श्रीदेव भट्टराई र समीक्षा पोखरेलको अभिनय छ । यस्तै बालकलाकारमा आरम्भ रिजाल र सानुश्री महर्जनको अभिनय छ । मेला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा जयन्द्र कुँवरको छायांकन र विजयकै सम्पादन छ ।

पुरा पढ्नुहॊस »

हरिवंशले ल्याए चेलीबेटी बेचबिखनसम्बन्धी गीत ‘हिड माया हिड’ (भिडिओ)

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको स्वरमा रहेको गीत ‘हिँड माया हिँड’ सार्वजनिक भएको छ । हरिवंशकै शब्द, संगीत रहेको चेलीबेटी बेचबिखनसम्बन्धी गीत ‘हिँड माया हिँड’को भिडियो सार्वजनिक भएको हो । माइती नेपालको प्रस्तुति रहेको गीतमा हरिवंशलाई गायिका स्मिता दाहालले स्वरमा साथ दिनुभएको छ । ‘चेलीबेटी बेचबिखनसम्बन्धी समस्या हाम्रो देशको नियतिजस्तै भइसक्यो । पहिले चेलीबेटीहरूलाई भारतमा लगेर बेचिन्थ्यो, अहिले त्यो खाडी मुलुकसहित अफ्रिकालगायत अन्य मुलुकतिर पनि सरेको छ’ हरिवंशले …

पुरा पढ्नुहॊस »