उर्जा

Energy related news.

बक्यौता नतिर्ने ४ उद्योगको बिजुली काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको विद्युत आपूर्ति बन्द गर्न थालेको छ । शुक्रबार चार वटा उद्योगको पनि लाइन काटेको छ । जगदम्बा, रिलायन्स, घोराही र अर्घाखाँची सिमेन्टको लाइन बन्द भएको हो । जगदम्बाले १ अर्ब १४ करोड, रिलायन्सले १ अर्ब ९४ करोड, घोराहीले १ अर्ब ३६ करोड र अर्घाखाँची सिमेन्ट उद्योगले १ अर्ब ३० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार ऊर्जा, …

पुरा पढ्नुहॊस »

४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन तयार

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सकिएको । यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो । इनरुवा सब स्टेसनको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सब स्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रवार बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री प्रचण्ड १२ बजे मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियानअन्तर्गत …

पुरा पढ्नुहॊस »

काठमाडाैंका यी स्थानमा शनिबार बिजुली काटिने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ। प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभिए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुन लागेको हो। उक्त सबस्टेसनबाट विद्युत सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भिमसेनस्थान, रामघाट, मरूहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत आपूर्ति बन्द हुने जनाइएको छ। त्यस्तै, ज्याबहाल, चिकुमङ्गल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, …

पुरा पढ्नुहॊस »

कुश्मा-नयाँ बुटवल २२० केभी प्रसारण लाइन उद्घाटन

काठमाडाैं । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको उद्घाटन गरिएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सोमबार आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा नगरपालिका–२ खुर्कोटबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसन सम्मको करिब ९० किलोमिटर प्रसारण लाइनको उद्घाटन गरे। उक्त खण्डको निर्माण सम्पन्न गरी गत असोज अन्तिमबाट प्रसारण लाइन सञ्चालनमा ल्याइएको थियो। कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत आयोजनाहरूको …

पुरा पढ्नुहॊस »

नेपालले बिजुली बचेर कमायो १५ अर्ब २४ करोड

काठमाडौं । यस वर्षको वर्षा याममा रु १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षा यामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री शुरू गरेको थियो । प्राधिकरणले यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी रु १५ अर्ब २३ करोड ८० लाख आर्जन गरेको हो । प्राधिकरणले …

पुरा पढ्नुहॊस »

बिहीबार काठमाडौँका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडाैं । बिहीबार काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकू(स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग र काराखुशीमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ । त्यस्तै, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल …

पुरा पढ्नुहॊस »

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारीमा भीमप्रसाद गौतम नियुक्त भएका छन् । ऊर्जा उत्पादकहरूको छाता संस्था (इप्पान)ले गौतमलाई बुधबार तीन वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रूपमा इप्पानमा स्वागत गर्दै, गौतमको कार्यकालमा इप्पानले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे । इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले इप्पानलाई नयाँ उचाइ दिन आफूले सतप्रतिशत योगदान दिने बताए । काभ्रेपलाञ्चोकको …

पुरा पढ्नुहॊस »

चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको बिजुली निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको हो । प्राधिकरणका अनुसार साउनमा २ अर्ब १५ करोड, भदौमा ३ अर्ब ४८ करोड, असोजमा ४ अर्ब ४ करोड र कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँको विद्युत् भारतीय बजारमा …

पुरा पढ्नुहॊस »

बाह्रबिसे सबस्टेसनको तत्काल निर्माण सक्न प्राधिकरणको ताकेता

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् विद्युत् खेर जान नदिन आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणको उच्च व्यवस्थापनले ताकेता गरेको हो । कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले बिहीबार सबस्टेसन निर्माणस्थलको …

पुरा पढ्नुहॊस »

लक्ष्मीपूजाको दिन बिजुलीको माग १४३८ मेगावाट, पिक समयमा ५१७ मेगावाट भारततर्फ निर्यात

काठमाडौँ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड गरेको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो । तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको …

पुरा पढ्नुहॊस »