खजुरिको पफलाई बजारबाट फिर्ता हुन आदेश


काठमाडाै । खाद्य , प्रविधि तथा गुण नियन्त्रण विभाग (DFTQC)ले खजुरिको नेपाल प्रा.लि को ‘पफ’ स्न्याक्सलाई तुरुन्त बजारबाट फिर्ता ल्याउन आदेश दिएको छ । विभागले परिक्षणका क्रममा अत्याधिक मात्रामा ‘औद्योगिक ट्रान्स फ्याट’ रहेको थाहा पाएपछि खजुरिको नेपाल प्रालिलाई यस्तो आदेश दिएको हो । खाद्य, प्रविधी तथा गुण नियन्त्रण विभागले नियमित रुपमा बजारमा रहेका खाद्य सामाग्रीहरुको नमुना संकलन गरेर प्रयोगशालामा परिक्षण गर्ने गर्छ । यस क्रममा खजुरिको पफका केही ब्याचहरु परिक्षण गर्दा केहि पफका ब्याचहरुमा औद्योगिक ट्रान्स फ्याटको मात्रा धेरै रहेको पुष्टि भएको छ ।

खाद्य गुणस्तर ऐन २०८१ अनुसार कुनै पनि खाद्य पदार्थमा २% भन्दा बढी ट्रान्स फ्याट हुन नहुने व्यवस्था छ । फिर्ता गरेका ब्याचहरुमा २% भन्दा बढी ट्रान्स फ्याट रहेको पाइयो । जसका कारण खजुरिको पफ उपभोगकालागि असुरक्षित र औपचारिक रुपमा “अमानक खाद्य” घोषित गरिएको विभागले जानकारी दिएको छ । गोदावरी-१०, ललितपुरको कारखानामा बनेका दुई ब्याच : ब्याच B1-3A र ब्याच B1-5A लाई बजारमा बिक्री गर्न रोक लगाइएको छ । विभागले ऐनको धारा ३२(२) र (४) बमोजिम कम्पनीलाई उत्पादनहरु बजारबाट तुरुन्त हाटाउन र आगामी विक्री वितरण रोक्न निर्देशन दिएको हो ।

ट्रान्स फ्याट बढी हुनु स्वास्थका लागि अत्यन्त हानिकारक मानिन्छ । विश्व स्वास्थ संगठन (WHO) का तथ्यांक अनुसार २०२५ सम्ममा करिब ६० देशमा कुनै न कुनै प्रकारको अनिवार्य ट्रान्स फ्याट प्रतिबन्ध वा सिमा लागू छ । ट्रान्स फ्याटले खराब कोलेस्ट्रोल (LDL) बढाउँछ जसले हृदयघात ,एन्जाइना आदि मुटुको रोगको खतरा बढाउँछ । उच्च ट्रान्स फ्याटको सेवनले रक्तसञ्चारमा समस्या निम्त्याउछ, जसले स्ट्रोकको जोखिम बढाउछ । यसका कारण मोटोपना, मधुमेह, आदि जस्ता समस्याहरु पनि देखा पर्न सक्छन् । बच्चा, वृद्ध, मुटु ,रक्तचाप,मधुमेहका लागि विशेष सावधानी आवश्यक छ ।

खजुरिको पफ नेपाली बजारमा प्रख्यात पफ हो । खाजा,नास्ता र विशेष गरि चिया संग यो पफलाई रुचाइन्छ । खजुरिको नेपाल सुरुमा “खजुरि फुड्स”को नाममा १९९०मा सुरु भएकोहो। २००३मा आधिकारिक रुपमा ब्रान्डको नाम खजुरिको नेपालमा परिवर्तन भएको हो । पफ, पेस्ट्री,कुकिज, बिस्कुट आदिका लागि यो कम्पनी प्रख्यात छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री