आर्थिक

काठमाडौँमा फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुल्यो

काठमाडौँ । काठमाडौँको नक्सालमा फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुलेको छ । मिस भारत २०२३ नन्दिनी गुप्ताले सोमबार एक समारोहका बिच उक्त स्टुडियोको समुद्घाटन गरिन् । समुद्घाटनमा मिस नेपाललगायतका सौन्दर्यहरुको उपस्थिति रहेको जनाइएको छ । सन् २०२३ मा फेमिना मिस भारत ताज जितेकी नन्दिनी मिस भारत वर्ल्ड २०२३ पनि हुन् । काठमाडौँको जे एण्ड के स्टुडियो प्रालि र सौन्दर्य प्रशाधनका क्षेत्रमा लामो इतिहास बोकेको फेमिना ब्राण्डको होल्डिङ समूह भारतको चर्चित टाइम्स …

पुरा पढ्नुहॊस »

नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको शेयर सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट भएको आठ दिनभित्रमा नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आईपीओ बाँडफाँट गरेको सेयर सबैभन्दा छिटो अवधि अर्थात् आठदिन भित्रमा नै नेप्सेमा सूचीकृत गरेर नयाँ रेकर्ड कायम गरेको छ। कम्पनीले गत मंसिर १९ गते आईपीओ बाँडफाँट गरेको थियो ।जसमा कुल १ लाख १४ हजार ८०० जनाले १० कित्ताका दरले …

पुरा पढ्नुहॊस »

मेटलाइफ र क्यान्सर सर्वाइभर्स सोसाइटीबीच सहकार्य

काठमाडौं- मेटलाइफले क्यान्सरपीडित विरामीहरूलाई सहयोग गर्ने मुख्य उद्देश्य राखेर नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटीसँग सहकार्य गर्ने भएको छ । क्यान्सरबाट बच्ने र उपचारपछिको चुनौतीपूर्ण यात्रालाई सम्हाल्दै आएका व्यक्तिहरूलाई व्यापक सहयोग प्रदान गर्न इन्स्योरेन्स कम्पनीले सोसाइटीसँग साझेदारी गरेको हो । यो सहकार्यबाट चेतनामूलक कार्यक्रमहरूदेखि परामर्श सहयोगको सुविधा र जीविकाको विकासलाई प्रवर्द्धन गर्दै लगभग दुई हजार ५०० जना सर्वाइभर्सहरूको दीगो जीविकाको लागि मद्दत गर्ने लक्ष्य कम्पनीको छ । यस साझेदारीको मुख्य उद्देश्य मेटलाइफले …

पुरा पढ्नुहॊस »

युनिलिभरका शेयरधनीले प्रतिशेयर डेढ हजार लाभांश पाउने

काठमाडाैँ । युनिलिभर नेपालले शेयरधनीलाई अहिलेसम्मकै धेरै लाभांश दिने भएको छ। युनिलिभरको ३०औं वार्षिक साधारणसभाले शेयरधनीलाई प्रतिशेयर एक हजार ५८० रुपैयाँ लाभांश दिने निर्णय गरेको हो। कम्पनीले अतुलनीय लाभांश प्रतिफल र करपछिको नाफा एक अर्ब ८३ करोड पुर्‍याएको छ, जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो। कम्पनीका अध्यक्ष देव बाजपेयी र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा होटल याक एन्ड यतीमा साधारणसभा सम्पन्न भएको हो। समारोहमा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १३ पैसा र बिक्री दर १३३ रुपैयाँ ७३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३५ पैसा र बिक्री दर १६८ रुपैयाँ ११ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

होन्डाको नयाँ डियो-१२५ को लागि खुल्यो बुकिङ

काठमाडाैं । होन्डाले नयाँ डियो-१२५ को लागि बुकिङ खुलाएको छ। होन्डाको यो स्कुटर नेपाली बजारको प्रतिक्षित स्कुटर हो। नेपाली बजारमा होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले जम्मा दुई लाख ९९ हजार नौ सय रूपैयाँमा ‘अल-न्यू स्मार्ट डियो १२५’ को बुकिङ खुला गरेको हो। कम्पनीका अनुसार सो मूल्य ड्रम ब्रेक विकल्पमा रहेको नयाँ डियो १२५ को मूल्य हो। त्यस्तै डिस्क ब्रेक भएको नयाँ डियो १२५ को मूल्य भने तीन लाख ९ …

पुरा पढ्नुहॊस »

सेभ द चिल्ड्रेनले भूकम्प प्रभावितलाई ८ सय थान टेन्ट उपलब्ध गराउने

काठमाडौँ । सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि ८ सय थान विन्टर टेन्ट उपलब्ध गराउने भएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि इयुका राजदूत भेरोनिक लोरेन्जोले सो टेन्ट भूकम्प पीडितका लागि वितरण गर्न सेभ द चिल्ड्रेनलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भूकम्पको मारमा परेका बालबालिका, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूको जीवन …

पुरा पढ्नुहॊस »

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका छन् । थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । २१ महिना सफलतापूर्वक कार्य सम्पादन गरेका थानीले १५ महिनाअगावै पदबाट राजीनामा दिएका हुन् । थानी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)का …

पुरा पढ्नुहॊस »

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले नेप्सेका वर्तमान अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो । अर्थमन्त्री महतले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै पौडेललाई नेप्सेको अध्यक्षमा नियुक्त गरेका हुन् । पौडेल यस अघि भन्सार विभागका महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी नेप्सेको अध्यक्षमा नियुक्त भइसके पनि अध्यक्षका रूपमा पदभार ग्रहण भने गरिसकेका छैनन् ।

पुरा पढ्नुहॊस »

प्राइम एसोसिएट बन्यो अपोलो इन्फ्राटेकको अधिकृत बिक्रेता

काठमाडौं । प्राइम एसोसिएट अपोलो इन्फ्राटेक ग्रुपका निर्माणसम्बन्धी उपकरण र प्लान्ट तथा पार्टपुर्जाको आधिकारिक बिक्रेता बनेको छ । अपोलो इन्फ्राटेकले अमेरिकाको हाकाइ पेडरशब, इटालीको कार मिक्स, भारतको एपटेक, जर्मनीको जेनिथ र बेलायतको पार्कर प्लान्ट लिमिटेडसँगको सहकार्यमा उत्पादित निर्माणसम्बन्धी उपकरण र पार्टपुर्जा आधिकारिक रूपमा बिक्री वितरण गर्ने बताएको छ । अपोलो इन्फ्राटेकले विगत ४० वर्षदेखि नेपाल, भुटान, बंगलादेश, श्रीलंका र विभिन्न अफ्रिकी देशमा आफ्नो उत्पादन बिक्री गर्दै आएको प्राइम एसोसिएटले जनाएको …

पुरा पढ्नुहॊस »