सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेको हो । बिहीबार तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम गरिएको छापावाल सुन शुक्रबार तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४ सय रुपैयाँ कायम भएको चाँदी बढेर आज तोलामा ४ हजार ५ सय ६५ रुपैयाँ भएको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री