काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ७ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
बिहीबार २ लाख ७७ हजार ३ सय रुपैयाँ प्रतितोलामा सुन कारोबार भएको थियो । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ७० रुपैयाँ थियो ।
तपाईंको प्रतिकृया



