बैंकिङ्ग

महालक्ष्मी विकास बैंकद्वारा लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडाैं – महालक्ष्मी विकास बैंकले नन्दी माध्यमिक विद्यालय नक्सालमा कक्षा आठमा अध्ययनरत छात्र सन्तोषकुमार मण्डललाई लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व.लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित सो छात्रवृत्ति उनका सुपुत्र तथा बैंकका संस्थापक राजेशबाबु श्रेष्ठले हस्तान्तरण गरेका हुन् । धनुषा जिल्ला, धवौली स्थायी घर भएका सन्तोषकुमार मण्डलको पारिवारिक आर्थिक स्थिति अत्यन्त कमजोर भएकोले …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको तिज क्यासब्याक योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले हरितालिका तिजको अवसरमा आफ्ना महिला ग्राहकहरूलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत अथवा ५०० रुपैयाँसम्म एक पटक क्यासब्याक पाइनेछ । बैंकले क्यासब्याक योजनालाई तिज विशेष बनाउन महिलाहरुलाई ग्राह्यता दिने भएको हो । बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले …

पुरा पढ्नुहॊस »

तीजको अवसरमा प्रभु क्यापिटलको ‘प्रभु ऐश्वर्या योजना’, नारीलाई विशेष छुट

काठमाडौँ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्र्तगतको प्रोडक्टमध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा पिएमएस सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ । ‘यो तीजमा प्रभु क्यापिटलको उपहार एएमसीमा छूटको बहार’ भन्ने नारासाथ शुरु हुने यो अफर यही भाद« १४ गते हरितालिका तीजका दिनदेखि ३१ भाद्र २०७९ सम्म सञ्चालनमा आउने जनाएको छ । यो अवधिभित्र यस लगानी व्यवस्थापन सेवामा आबद्व हुने दिदीबहिनीहरुले एक वर्षका लागि वार्षिक सेवा …

पुरा पढ्नुहॊस »

नबिल बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

काठमाडौं । नबिल बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा नबिल बैंककै संस्थापक सेयरधनीले न्यूनतम ४८० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय तीनधारा विणामार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको ऋणपत्र खुल्दै

काठमाडौं । हिमालयन बैंकले बुधबार भदौ १५ गतेबाट २५ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको हो । यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई पनि ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक र फाेकसवान पेमेन्ट सोलुसन्स् प्रालि बीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेट बीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् । ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाइल टपअप, इन्टरनेटको, बिजुली, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु …

पुरा पढ्नुहॊस »

एनएमबि बैंक र ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबीच सम्झौता

काठमाडौँ । एनएमबि बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बिआईआई)बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ । उक्त लगानी भित्र्याउनको लागि एनएमबि बैंक र बिआईआईबीच सम्झौता भएको छ । आन्तरिक स्रोतले मात्र बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मद्दत पुग्ने बैंकले जनाएको छ । यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नवीकरणीय उर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै समग्र …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र मुक्तिनाथ स्थित युरेका इन होटलबीच आकर्षक छुट दिने सम्झौता

काठमाडौँ । प्रभु बैंक र मुक्तिनाथ स्थित युुरेका इन होटल बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  उक्त सम्झौतामा बैंकका जोमसोम क्षेत्रिय प्रमुख नरेन्द्र थकाली र युुरेका इन होटलका प्रोप्राइटर सुरजन तुलाचनले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले युुरेका इन होटलद्धारा सञ्चालित फुड, वेभरेज र लजिङ सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । सुविधा …

पुरा पढ्नुहॊस »

सनराइज बैंकद्वारा बीपी स्वास्थ्य प्रतिष्ठानलाई सहयोग

काठमाडाैँ । सनराइज बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरु गर्ने क्रममा धरानको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्विलचियर हस्तान्तरण गरेको छ । बुुधबार प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले ट्रली र ह्विल चियर प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरे ।  बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, वातावरण र वित्तीय साक्षरतामा विशेष प्राथमिकता दिएर काम गरिरहेको …

पुरा पढ्नुहॊस »

सानिमा बैंकले ल्यायो बुवाको मुख हेर्ने दिनमा विशेष छुट योजना

काठमाडौं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनमा विशेष छुटको योजना ल्याएको छ । योजनाअन्र्तगत ग्राहकहरुले रेडिसन होटल, अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि र सोवा हेल्थकेयर सेन्टरमा विशेष छुट प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी, कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङबाट क्यूआर …

पुरा पढ्नुहॊस »