ई-सेवामा भएको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न पाइने

काठमाडाैं । एभरेष्ट बैंकको एटिएमबाट ई–सेवामा भएको पैसा झिक्न पाइने भएको छ।

बुधबार एभरेष्ट बैंकका डिसिओ विजयकुमार श्रेष्ठ र ई-सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले यसबारेको सम्झौता गरेका छन्।

यस्तो सम्झौता नेपालमा पहिलो पटक भएको एभरेष्ट बैंकका डिसिओ श्रेष्ठले बताए। यो सम्झौताले ई-सेवाका ग्राहकलाई थप सुविधा मिल्ने भएको छ।

यसअघि पनि ई–सेवाले एजेन्टहरूमार्फत दैनिक ५ हजारसम्म भुक्तानी दिँदै आएको थियो। अब एभरेष्ट बैंकको एटिएमबाट राष्ट्र बैंकको मापदण्डअनुसार बैंक तथा वित्तिय संस्थाबाट रकम झिक्न सकिने भएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस