माछापुच्छ्रे बैंकले ब्याजदर बढायो

काठमाडौँ । माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ । आजदेखि लागु हुने गरि विभिन्न खातामा ब्याजदर बढाएको हो ।

अब ६ महिनादेखि १ वर्ष अवधिको मुद्दति निक्षेपमा ९.४९ र १ वर्ष तथा सोभन्दा माथिको अवधिको मुद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । रेमिट्यान्स मुद्दती निक्षेपमा निक्षेपकर्ताले भने १० प्रतिशत ब्याज पाउँदै आएकोमा अब १०.९९ प्रतिशत पाउनेछन् ।

बैंकले संस्थागत निक्षेपमा भने ६ महिनादेखि ५ वर्षसम्म अवधिलाई ७ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधिलाई ७.४९ प्रतिशत ब्याज दिने जनाएको छ । बचततर्फ पनि बैंकले ब्याजदर बढाएको छ । एमबिल कर्मसिल बचत खातामा यसअघि ७.८५ प्रतिशत ब्याज ब्याज दिएको बैंकले भदौका लागि ८ प्रतिशत पुर्याएको छ ।

बैंकले तीन महिनादेखि ६ महिनासम्मको मुद्दति निक्षेपमा बैंकले ब्याजदर भने परिवर्तन गरेको छैन । यसअघि ९ प्रतिशत कायम रहेको सो ब्याजदर अहिले पनि ९ प्रतिशत नै छ । साउनका लागि बैंकले सबै प्रकारको मुद्दति निक्षेपमा समान ९ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

त्यसैगरी, त्यस्तै एम-स्मार्ट बचत खाता र स्मार्ट प्लस सेभिङ अकाउन्टको ब्याजदर ७ प्रतिशत बनाइएको छ । मेरो लगानी बचत खाताको ब्याजदर भने ६.८५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारिएको छ । अरु सबै प्रकारको खातामा बचतकर्ताले ४.८५ प्रतिशत ब्याज पाउँदै आएकोमा अब ५ प्रतिशत पाउनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति ब्युटीपार्लरबीच छुट सम्झौता भएको छ …

प्रतिकृया दिनुहॊस