प्रदिप नेपाल

गोवर्द्धन पूजा आज, नेपाल संवत ११४३ पनि प्रारम्भ

आज कार्तिक शुक्लपक्ष प्रतिपदा । यमपञ्चकको आज बलिपूजा, गोवर्द्धनपूजा । आज नेपाल संवत ११४३ शुरुवातको दिन हो । नेवार समुदायले म्हपूजा गर्ने गर्दछन् । आफ्नो शरीरलाई आफैंले पूजा गर्ने म्हपूजा काठमाडौं उपत्यका र देशभर रहेका नेवार समुदायले गर्ने गर्दछन् । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको …

पुरा पढ्नुहॊस »

तिहारमा साढे १३ करोडको पुष्पमाला कारोबार

फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा रु १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ। तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो। “यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ । त्यसमध्ये सयपत्रीको मात्रै २० लाख मालाको माग हो”, तामाङले भन्नुभयो, “थोक मूल्यका आधारमा रु साढे १३ करोड बराबरको फूल र मालाको …

पुरा पढ्नुहॊस »

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४४८ पिसिआर परिक्षणका क्रममा १४ जना र ४४० एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन भने थप ४४ संक्रमित निको भएका छन् । हाल नेपालमा ६६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहॊस »

उम्मेदवारले कति वटा सम्पर्क कार्यालय खोल्न पाउँछन् ?

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोकिदिएको छ। आयोगले मंगलबार दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ। जसअनुसार प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा र प्रदेश सभा सदस्य पदको उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न सक्नेछन्। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेस गरेका दलले प्रतिनिधि सभा …

पुरा पढ्नुहॊस »

तिहारका बेलामा पनि भोट माग्दै गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँण तिहारका बेलामा पनि आफ्नै निर्वाचन क्षेत्र रुपन्देही ३ मा केन्द्रित देखिएका छन् । यसअघिका निर्वाचनमा त्यति धेरै मतदातासमक्ष नपुगेका उनी अहिले सानादेखि ठूला व्यापारी व्यवसायीका घरघरमा पुग्ने गरेका छन् । उनी दिनहुँजसो भैरहवा क्षेत्रमा मतदाताकहाँ पुग्ने गरेका छन्। खाँणलाई लोसपाका प्रदेश सभा सदस्यका उम्मेदवार बनेका सन्तोस पाण्डेले साथ दिइरहेका छन्। उनी साना साना व्यक्तिबाट भोट बैंक बनेका हुन्। पाण्डेकै सल्लाहअनुसार गृहमन्त्री साना साना व्यवसायीको घरघरमा पुग्ने गरेका …

पुरा पढ्नुहॊस »

सिभिल बैंकले बढायो नाफा

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्म आइपुग्दा बैंकले ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको यसैअवधिको भन्दा ४२.२३ प्रतिशत ले धेरै हो। गत वर्षको यही अवधिमा बैंकले २९ करोड १८ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यसअवधिसम्म सञ्चालन नाफा ३८ प्रतिशतले बढेर ५८ करोड ८४ लाख रुपैयाँमा पुगेको छ । गत …

पुरा पढ्नुहॊस »

आसन्न निर्वाचनमा मतदाताले चारवटा मतपत्रमा मतदान गर्नु पर्ने

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचनमा मतपत्र सानो आकारको रहेको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रमा उम्मेदवारी दिएकाको मात्रै निर्वाचन चिह्नको व्यवस्था गरिएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका …

पुरा पढ्नुहॊस »

तीन सातापछि खुल्यो कर्णाली राजमार्ग

१९ देखि २५ असोजसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ। पहिरोका कारण झन्डै ४० किलोमिटर सडक अवरुद्ध थियो । दैलेखोला–जुम्लासम्म १०४ किलोमिटरमध्ये ४० किमि सडक पहिरोले पूर्णरुपमा अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुको जनजीवन प्रभावित भएको थियो । सडक डिभिजन जुम्ला र नेपाली सेनाको दिनरात खटाइले अपेक्षा गरिएभन्दा छिटो कर्णाली राजमार्ग खुलेको हो। सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले २० दिनपछि सोमबार राति साढे ८ बजेबाट कर्णाली …

पुरा पढ्नुहॊस »

२०२१ मा अफगानिस्तानको अर्थतन्त्र करिब २० प्रतिशतले संकुचित

सन् २०२१ मा अफगानिस्तानको अर्थतन्त्र करिब २० प्रतिशतले संकुचित भएको विश्व बैंकले जानकारी दिएको छ। सन् २०२१ को अगस्टमा तालिबान कब्जा गरेयता अफगानिस्तानमा भएको विकासको विवरणअनुसार अफगानिस्तानको अर्थतन्त्र नयाँ सामान्य समायोजन भइरहेको सो बैंकले जनाएको छ। सार्वजनिक खर्चमा तीव्र गिरावट, कम घरायसी आम्दानी र कम खपतका कारण कुल माग घटेको गत हप्ता सार्वजनिक गरिएको विश्व बैंकको प्रतिवेदनले जनाएको थियो । तालिबानले कब्जा गरेको सुरुको समयमा धेरै व्यवसायीहरुले आफ्ना सञ्चालन बन्द …

पुरा पढ्नुहॊस »

निर्वाचन प्रचारमा सरकारी स्रोतको प्रयोगबारे यस्ताे छ आयोगको निर्णय

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा हेलिकप्टरलगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने कार्यलाई रोक्न विशेष निर्णय गरेको छ। आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गर्ने प्रयोजनको लागि निर्वाचन आचारसंहिता,२०७९ को व्यवस्था लागु भइसकेको अवस्थामा आचारसंहिताको दफा ५ को खण्ड (क)ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले गर्न …

पुरा पढ्नुहॊस »