दुर्गम पहाडी जिल्लामा निर्वाचन सामाग्री ढुवानी सम्पन्न

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामाग्री ढुवानी सम्पन्न भएको छ।

निर्वाचन आयोगले मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामाग्री ढुवानी गरिरहेको छ। निर्वाचनका लागि ५७ प्रकारका सबै सामाग्री आयोगबाट नियमित ढुवानी भइरहेको छ ।

यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिम प्रदेशको बाजुरामा निर्वाचन सामाग्री ढुवानी सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन केही सामाग्री पठाइसकिएको आयोगले जनाएको छ। यद्यपि ती जिल्लामा सबै सामाग्री ढुवानी हुन बाँकी रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बीआरआइबारे निर्णय लिन छलफलमा कांग्रेसका शीर्ष नेताहरू

काठमाडौं । सत्तारुढ ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) …

प्रतिकृया दिनुहॊस