भरतपुर महानगरकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परि घाइते

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परि घाइते भएकी छन्।

उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो। रेनुलाई सामान्य चोट लागेको छ।

उनी सवार गाडीको टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको प्रहरीले बताएको छ।

टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि पुल्चोकस्थित सुमेरू अस्पतालमा भर्ना गरिएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री