पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ।
जिल्लास्थित मर्स्याङ्दी गाउँपालिका–३ खुदी आससास केन्द्रविन्दु बनाएर आज राति ८ बजेर ३० मिनेट जाँदा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पले जिल्लावासीलाई त्रसित बनाएको छ। भूकम्प जानासाथ स्थानीयवासी घरबाट सडक गल्लीमा निस्केका थिए।
मानवीय क्षतिबारे जानकारी भने केही नआएको जिल्ला प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।
प्रतिकृया दिनुहॊस