प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने प्रशस्त आधार छन्ः सांसद बिडारी

नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गरेका छन्।

तर, आफ्नो पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उनको भनाइ छ। उनले महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताए।

रिपोर्टर्स क्लबको साक्षात्कारमा मंगलबार बोल्दै बिडारीले न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरुबीच द्वन्द्व चल्नु विडम्बनाको अवस्था भएको बताए।

बिडारीले आफूले प्रधानन्यायाधीशको राजीनामा नमाग्ने पनि उल्लेख गरे। बरु, महाभियोग लगाउने कुरा संवैधानिक हुने उनको तर्क छ।

अहिले प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको विषयमा प्रतिनिधिसभाको विघटनको मुद्दाको हवाला दिनु गलत भएको पनि जिकिर गरे।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after