विश्वकै ठूलो सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ। विवादबीच फेसबुकले सेप्टेम्बरसम्मको तीन महिनामा ठूलो नाफा कमाएको हो। अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७ दशमलब ८ अर्ब डलर थियो।
एक पूर्वकर्मचारीले फेसबुक नाफामुखी भएको र अनैतिक व्यवहार गरेको आरोप लगाइरहँदा उसको नाफा भने बढिरहेको छ। एक महिनाअघि पूर्वकर्मचारी फ्रान्सिस् हाउगनले फेसबुकले प्रयोगकर्ताको सुरक्षाभन्दा आफ्नो नाफामा ध्यान दिएको आरोप लगाएकी थिइन्।
आन्तरिक कागजातको गोप्य चुहावट गर्ने क्रममा उनले फेसबुकले बालबालिकालाई नकारात्मक असर गरेको उनकाे आरोप थियाे। यस्तै फेसबुकका प्रयोगकर्ता एक वर्षमा ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेका छन्।एजेन्सी
तपाईंको प्रतिकृया




