प्रदिप नेपाल

आजदेखि तिहारकाे बिदा सुरु, कात्तिक १४ गते मात्र सरकारी कार्यालय खुल्ने

आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ। अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ। सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ। १२ गते शनिबार रहेकाले सार्वजनिक बिदा छ। १३ कात्तिकमा छठ पर्वको बिदा छ। सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस वर्षको भाइटीका १० कात्तिकमा रहेको छ। टीकाको साइत बिहान ११ः३७ बजे रहेको छ।

पुरा पढ्नुहॊस »

मिडिया अनुगमनका लागि प्रेस काउन्सिलले बनायो सुझाव समिति

प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासङ्घ र काउन्सिलका पूर्वअध्यक्षहरू संलग्न सुझाव समिति गठन गर्ने निर्णय गरेको छ। काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा गठित उक्त समिति बनाउने निर्णय गरेको हो । चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सञ्चार माध्यम र समग्र मिडिया जगतको ठूलो हात हुने भएकाले उक्त भूमिकालाई सबल र अनुगमनलाई प्रभावकारी बनाउन समितिले आवश्यक सुझावसमेत दिनेछ, काउन्सिलले …

पुरा पढ्नुहॊस »

कांग्रेसले सोमबार घोषणापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्ने समय सारेको छ। आइतबार अपरान्ह ५ बजे (आज) घोषणापत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर सोमबार बिहान १०:३० बजे मात्रै घोषणापत्र सार्वजनिक गरिने बताएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण घोषणापत्र सार्वजनिक गर्ने समय सरेको बताइएको छ। प्रधानमन्त्री देउवा सत्ता गठबन्धनको चुनावी सभाका लागि सुर्खेत गएका थिए ।

पुरा पढ्नुहॊस »

कांग्रेसको निर्वाचन प्रवास मिडिया समन्वय उपसमितिमा सदस्यहरू मनोनीत

नेपाली कांग्रेसको निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा सदस्यहरू मनोनीत गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९९ केन्द्रीय प्रचार प्रसार समिति संयोजक तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आइतबार प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा सदस्यहरु मनोनीत गरेका हुन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिका सदस्य उर्मिला थपलियाको संयोजकत्वमा गठित उपसमितिमा सदस्य मनोनीत गरिएको हो । मनोनीत सदस्यहरू हेमन्त काफ्ले ( अष्ट्रेलिया …

पुरा पढ्नुहॊस »

नेप्से १२.८१ अंकले घट्यो

आइतबार नेप्से परिसूचक १२.८१ अंकले घटेको छ। आज नेप्से १२.८१ अंकले घट्दै १८४५.५१ बिन्दुमा पुगेर बन्द भएको छ। आज २१६ वटा धितोपत्रको ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार अभियान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएर ८८८ रुपैयाँमा ८० पैसामा बन्द भएको छ। त्यस्तै, सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९।९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य २३५ रुपैयाँ …

पुरा पढ्नुहॊस »

प्रत्यक्षतर्फ चालीस प्रतिशत मतपत्र छपाइ सकियाे

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कूल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ। समानुपातिक प्रणालीको मतपत्र धमाधम ढुवानी भइरहेको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आजसम्म एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोगका …

पुरा पढ्नुहॊस »

सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । गत असोज २० पक्राउ परेका उनी प्रहरी वृत्त गौशालाको न्यायिक हिरासतमा छन् । आइतबार चौथोपटक म्याद थप्दै थप दुई दिन उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो । आइतबार म्याद थपका लागि सन्दीपलाई अदालत लगिएको थियो । यसअघि पहिलोपटक सात दिन, दोस्रोपटक पाँच दिन …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको मतपत्रको पृष्ठभूमि रङ सेतो

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिन्ह र अन्य विवरणका लागि कालो रङ प्रयोग भएको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिन्ह र अन्य विवरणको रङ रातो मसीको रहेको आयोगको भनाइ छ। निर्वाचन आयोगले शुक्रबारसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी …

पुरा पढ्नुहॊस »

राजनीतिक अस्थिरताका कारण मुलुककाे समस्या जहाँकाे त्यहीँ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलाे दायित्व भएकाे बताएका छन् । काठमाडाैँमा आइतबार आयाेजित चुनावी कार्यक्रममा बाेल्दै नेता सिंहले व्याप्त भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्दै देश निर्माण आफ्नाे पहिलाे दायित्व रहेकाे बताए । ‘प्रशासनिक प्रक्रियामा झन्झटिलाे छ। समयमा केही काम नहुने, जहाँ सुकै भनसुन चाहिने यस्तो अवस्थाकाे अन्त्य गर्नु मेराे पहिलाे प्राथमिकता हाे,’ उनले भने । राजनीतिक अस्थिरताका कारण मुलुककाे …

पुरा पढ्नुहॊस »

धनगढी र सुर्खेतमा आज सत्ता गठबन्धनकाे भेला

मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरेर सत्ता गठबन्धनले देशभर प्रशिक्षण एवं भेला तीव्र पारेको छ। काठमाडौं, ललितपुर, पोखरा, बुटवल, जनकपुरमा भेला आयोजना गरिसकेको पाँच दलीय गठबन्धनले आज कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा भेला आयोजना गर्दैछ। धनगढीमा बिहान ११ बजे हुने कार्यक्रमको माओवादी केन्द्रले तथा सुर्खेतमा हुने भेलाको समन्वय कांग्रेसले गर्नेछन्। दुबै क्षेत्रको भेलालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार …

पुरा पढ्नुहॊस »