news

पछिल्लो २४ घन्टामा २८ सय २८ संक्रमण

काठमाडौं  । पछिल्लो २४ घन्टामा २८ सय २८ जना कोरोना भाइरस (कोभि‍ड-१९)संक्रमित फेला परेका छन्। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १३ हजार २२ नमूनामा २८ सय २८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वताएकाे छ। यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन्। कोरोनाबाट ५२ जनाले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ। मन्त्रालयका अनुसार ४३ जिल्लामा संक्रमितको संख्या ५ …

पुरा पढ्नुहॊस »

दिल्ली जानुअघि नेता खनालद्वारा पार्टी एकताको आह्वान (वक्तव्यसहित)

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका लागि आह्वान गरेका छन्। आज उपचारका लागि भारतको दिल्ली जानुअघि प्रेस वक्तव्य जारी गर्दै नेता खनालले रिस, राग, अहंकार तथा बदलाभाव त्यागेर पार्टीलाई फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गरेका छन्। ‘सफल उपचारपछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु’, खनालले वताएका छन्।

पुरा पढ्नुहॊस »

किन्निहो डटकम इकमर्श वेवसाइट सुभारम्भ, सबै सामान एकै ठाउँमा उपलब्ध हुने

काठमाडौ । दैनिकरुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वाशिलो माध्यमबाट एकै ठाउबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्श वेवसाइट किन्निहो डटकम kinniho.com सुरु भएको छ । कोरोना महामारीबीच बढ्दै गएको इ–कमर्श व्यवसायमा सबै किसिमका ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि नयाँ इकमर्श वेवसाइट सुरुगरेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो वेवसाइटमा सबै प्रकारका ल््यापटप, मोबाइललगायतका इलेक्ट्रोनिक्स, स्टेशनरी र अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरंजनसम्बन्धी सामग्रीहरु उपलब्ध गराएको छ भने …

पुरा पढ्नुहॊस »

रियलमीले बजारमा ल्यायो फ्लागशिप किलर रियलमी जिटी

काठमाडौँ । विश्वभर तिव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले आधिकारिक रुपमा विश्व बजारमा बहुप्रतिक्षित मोबाइल फोन रियलमी फ्लागशिप किलर सार्वजनिक गरेको छ । जीटी सिरिज र पहिलो क्वालकम स्न्यापड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले उपभोक्तालाई उच्च गुणस्तरीय अनुभूतिहरु प्रदान गरेकाे छ । फ्लागशिप उत्पादनका साथै मध्यमदेखि उच्च सेग्मेन्टको यस ब्राण्डमा मुख्यगरी गति–प्रेरित डिजाइन, सशक्त ऊर्जा शक्ति र निरन्तर स्थिर प्रदर्शन तीनवटा विशेषताहरु प्रदान गर्दछ । उद्घाटन …

पुरा पढ्नुहॊस »

बागमतीको बजेट ५७ अर्ब ७२ करोड

बागमतीको प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्ब ७२ करोडको बजेट आज ल्याएकाे छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको बजेट प्रदेशसभामा पेश गरेका छन्। २७ अर्ब ८२ करोड कर तथा राजस्व, १६ अर्ब ९२ करोड केन्द्र सरकारको अनुदान, ९ अर्ब १० करोड राजस्व वचत, ६ अर्ब अन्य कर र …

पुरा पढ्नुहॊस »

थप २,७४५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ । ४ हजार १८७ जना संक्रमणमुक्त  …

पुरा पढ्नुहॊस »

सूर्या लाइफ इन्स्योरेन्सका नवनियुक्त सीईओ खड्काले सम्हाले कार्यभार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले  असार १ गतेदेखि कार्यभार सम्हालेका छन् । गत जेठ २५ गते बीमा समितिबाट सीईओ बन्न स्वीकृति पाएका खड्काले ६ दिनपछि आफ्नो कार्यभार सम्हालेका हुन् । साे समितिले स्वीकृति दिएसँगै जेठ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ खड्काले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको सीईओको …

पुरा पढ्नुहॊस »

पेट्रोलियम ढुवानीको अवरोध हट्यो, ट्याकर चालकलाई भोलीदेखि खोप उपलब्ध हुने

काठमाडौं । कोरोना विरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्यांकर चालकलाई सरकारले खोप उपलब्ध गराउने भएको छ ।अरु क्षेत्रमा खोप दिएपनि अतिआवश्यक सेवाको रुपमा रहेको पेट्रोलियम पदार्थको ढुवानी गर्ने चालक तथा सहचालकलाई खोप नदिएको भनेर उनीहरु आन्दोलित थिए । नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ । भाेलीदेखि थानकोट डिपोबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९ सय जना चालक …

पुरा पढ्नुहॊस »

दीप श्रेष्ठलाई संगीतकार संघको २ लाख सहयोग

काठमाडाै । गायक एवं संगीतकार दीप श्रेष्ठलाई संगीतकार संघ नेपालले २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गायक श्रेष्ठ कोरोना संक्रमित भई दुई साताको अस्पताल बसाईपछि केही दिन अगाडि मात्रै घर फर्किएका छन् । कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका श्रेष्ठलाई उपचार खर्च स्वरुप संघको संगीतकर्मी कल्याणकारी कोषबाट साे रकम दिने निर्णय गरिएको हाे ।

पुरा पढ्नुहॊस »

कर्णालीमा सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्याे

काठमाडौँ । कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। एमाले संसदीय दलको आज बसेकाे बेठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मत हाल्न ह्वीप जारी गरेको नेता यामलाल कँडेलले वताएका छन् । बैठकमा एमाले असन्तुष्ट पक्षका प्रदेशसभा सदस्य प्रकाश ज्वाला पनि सहभागी रहेका थिए। नीति तथा कार्यक्रम पारितका लागि मंगलबार दिउँसो प्रदेशसभा बैठक आह्वान भएकाे छ। लगत्तै बजेट ल्याउने तयारी पनि छ। उता नीति …

पुरा पढ्नुहॊस »
This will auto close after