काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । पछिल्ला तीन दिनदेखि सुन र चाँदीको मूल्य लगातार बढ्दै नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड बनाएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले पनि सोमबार नयाँ रेकर्ड बनाएको छ । चाँदीको मूल्य तोलामा २८५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




