news

बलबहादुरको श्रीमती लक्ष्मीले हत्या गरेको पुष्टि

काठमाडाै । आफ्नै श्रीमानकाे हत्या आरोपमा प्रहरीले अर्घाखाँचीमा एक महिलालाई पक्राउ गरेको छ। छत्रदेव गाउँपालिका वडा नं. १ चिदिका चुमचौरकी लक्ष्मी नेपालीलाई प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा पक्राउ गरेको हो। प्रहरीका अनुसार गत मंसिर २४ गते लक्ष्मीका श्रीमान बलबहादुर सार्की घरभित्रै मृत अवस्थामा भेटिएका थिए । साे घटनाबारे अनुसन्धान गर्दै जाँदा बलबहादुरको मृत्यु नभई श्रीमती लक्ष्मीले घाँटीमा पासो लगाएर हत्या गरेको पुष्टि भएको प्रहरीले वताएकाे छ । गत मंसिर २४ …

पुरा पढ्नुहॊस »

रेशम चौधरीलाई रिहा गर्न सरकारले ल्याएको अध्यादेश शीतलनिवासमा

काठमाडौं । रेशम चौधरी लगायत विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका कैदीबन्दीलाई रिहा गर्न सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतलनिवास गएकाे छ । हिजाे आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाहरुको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संसोधन गर्न ल्याएको अध्यादेश आज सोमबार प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालय पुगेको हो । अध्यादेशकाे चारैतीर विरोध भइरहँदा राष्ट्रपतिको कदम के हुन्छ भन्ने चासो सर्वत्र  छ । सरकारले हिंसात्मक क्रियाकलापमा संलग्नलाई …

पुरा पढ्नुहॊस »

उषा खड्गीलाई अंश नदिइ जिपीले भित्र्याए दोस्रो दुलही, दुवै श्रीमती एउटै घरमा

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीका पूर्वपति सञ्चारकर्मी जिपी तिमल्सिनाले दोस्रो विवाह गरेका छन् । उनले आफ्नी प्रेमिका सविना अधिकारीलाई १९ मंसिरमा दुलही बनाएर भित्र्याएका हुन् । जिपी र उषाबीच गत जेठ २६ गते जिल्ला अदालत काठमाडौंमा सम्बन्धविच्छेद भएको थियो । तर, अदालतले गरेको सम्पत्ति बाँडफाँटमा चित्त नबुझेर जिपीले उच्च अदालतमा पुनरावेदन गरेका छन् । उक्त पुनरावेदनको फैसला भएको छैन । जिपीकी पूर्वपत्नी उषाले पूर्वपतिबाट अहिलेसम्म एक रुपैयाँ पनि …

पुरा पढ्नुहॊस »

कुमारी र एनसीसी बैंकको मर्जर सम्झौता पारित

काठमाडौं । कुमारी र एनसीसी बैंकको विशेष साधारणसभाले एक आपसमा मर्ज गर्ने सम्झौता पारित गरेका छन् । दुवै बैंकको आज आइतबार भएको विशेष साधारणसभाले मर्जर सम्झौता पारित गरेका हुन् । कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जवरा राणाको अध्यक्षतामा बसेको साधारणसभा र एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा छुट्टाछुट्टै भएको साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेका हुन् । बैंकहरुले १ः१ को डीडीए पनि पारित गरेका छन् । यी दुवै बैंक मर्जर भएपश्चात् चुक्ता …

पुरा पढ्नुहॊस »

सनिगाड हाइड्रो लिमिटेडको साधारण शेयर निष्काशन सम्झौता

काठमाडाै । रजिष्टर्ड कार्यालय धोवीघाट ललितपुर रहेकाे बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको श्री सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्काशन गरिने रु.१०० अकिंत दरको साधारण शेयर ६७,५०,००० कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्काशन गर्न श्री सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको वताएकाे छ । साधारण शेयर निष्काशन कार्यको लागि …

पुरा पढ्नुहॊस »

हिमालयन बैंककाे nepalpay QR मार्फत् भुक्तानी गर्न सकिने

हिमालयन बैंक लिमिटेडले SalesBerry Department Store मा नेपाल क्लियरिङ्ग हाउस द्वारा प्रवद्र्घित nepalpay QR मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । हिमालयन बैंङ्क लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस बीच भएको सम्झौता अनुसार ग्राहकहरुले SalesBerry Department Store मा बैंकिङ्ग, कनेक्ट आइपिएस मोबाइल एप वा अन्य कुनै nepalpay QR  सुबिधा भएको मोबाइल बैंकिङ्ग बाट सजिलै स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु १०० सम्म) क्यासब्याक तुरुन्तै खातामा प्राप्त गर्न सक्नेछन् …

पुरा पढ्नुहॊस »

७ दलका ११० समानुपातिक सांसद (सूचीसहित)

काठमाडाै । हिजाे शनिबार अपरान्ह ४ बजेसम्म निर्वाचन आयोगले दिएको समयसीमाभित्र ७ वटा राजनीतिक दलले समानुपातिक सांसदहरुको सूची बुझाएका छन्। राजनीतिक दलहरुले यसअघि बुझाएको बन्दसूचीमा समावेश भएकामध्येबाट सिफारिसमा परेकाहरुको नाम निर्वाचन आयोगले सार्वजनिक गर्नेछ। दसमानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसदहरुको प्रतिनिधित्व समावेशी बनाउन राजनीतिक दलहरुले धेरैभन्दा धेरै महिला छनाेट गरेका छन्। प्रत्यक्षतर्फ निर्वाचित महिला सांसदहरुको संख्या घटाएर दलहरुले बाँकी ३३ प्रतिशत पूरा गर्ने गरी समानुपातिकतर्फ महिला सांसदहरू सिफारिस भएका छन्। सत्तारुढ दल …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूको एजीएमबाट लाभांश पारित

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको २८ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८/७९ को लाभांश पारित हुनुका साथै ग्लोबल आइएमई बैंकसँगको मर्जर प्रक्रिया पनि स्वीकृत गरेको छ । काठमाण्डौको टुँडिखेलीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभामा बैंक सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट प्रस्तुत प्रतिवेदन पारित गरेको भएको छ। सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ। सभाले २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ असार मसान्तसम्ममा बैंकको कायम …

पुरा पढ्नुहॊस »

रोनाल्डोको विश्व कीर्तिमानी करियरमा परेन विश्वकप उपाधि

एजेन्सी। कतारमा जारी विश्वकपमा पोर्चुगल क्वाटरफाइनलबाटै बाहिरिएसँगै पाँच पटकसम्म फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डो खेलाडी जीवनमा विश्वकप उपाधिविहिन हुने पक्कापक्की भएको छ । ३७ वर्षका रोनाल्डोले अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गरिसकेका छैनन् । आगामी विश्वकपमा उनीले खेल्ने सम्भावना कम छ। हिजाे शनिबार राति अफ्रिकी टोली मोरक्कोसँग १–० गोलले पराजय भएपछि रोनाल्डो भक्कानिएर राेएका थिए। उनीलाई प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफमा मात्र मैदान छिराएका थिए। मैदान छिरेलगत्तै पेपेले उनलाई कप्तान सुम्पिए …

पुरा पढ्नुहॊस »

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गर्दै बुद्ध एयरलाइन्स

काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुद्ध एयरले आउँदाे पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरेकाे हाे । यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि लिएकाे छ। पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’ बाट हुनेछ । विमानस्थलको पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेछन् । आन्तरिकतर्फ रन-वेको …

पुरा पढ्नुहॊस »