news

क्वार्टरफाइनलबाट बाहिरियाे ब्राजिल, क्रोएसिया सेमिफाइनलमा प्रवेश

काठमाडौं । क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै ब्राजिल लगातार दोस्रो पटक विश्वपको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।कतार विश्वकप २०२२ अन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा पेनाल्टि सुटआउटमा ४–२ गोलको नतिजामा ब्राजिलाई हराउँदै क्राेएसिया सेमिफाइनल प्रवेश गरेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा नेइमारले गोल गरेका थिए । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेइमारको गोलमा लिएको अग्रतालाई ब्राजिलले बचाउन सकेन । क्राेएसियाका ब्रुनाे पेटकोभिचले खेलको ११७औं मिनेटमा बराबरी …

पुरा पढ्नुहॊस »

सिनेमा हलमा ‘वर्ल्डकप’ नदेखाउन विकास बोर्डको ध्यानाकर्षण, विज्ञप्तीसहित

काठमाडौं । चलचित्र विकास बोर्डले सिनेमा हलमा विश्वकप फुटबल नदेखाउन नदेखाउन ध्यानाकर्षण गराएको वताएकाे छ । नियमित चलचित्र प्रदर्शनको शो समय जस्तै विश्वकप फुटबल प्रशारण हुन लागेको भन्दै बोर्डले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विश्वकपका खेलहरु हलमा देखाए कारबाहीकाे चेतावनी बोर्डले दिएको छ । हाल कतिपय सिनेमा घरहरुले विज्ञापन नै गरेर फुटबल देखाउने बताइरहेका छन् ।

पुरा पढ्नुहॊस »

मर्जरसम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडाै ।  ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्र्जर) सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरुपमा पारित गरेको हो । साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनका …

पुरा पढ्नुहॊस »

ओलीलाई भेटेपछि करिश्मा भन्छिन्- एमाले र कांग्रेस मिलेर पाँच वर्ष सरकार चलाउनुपर्छ

काठमाडौं। ओलीकाे ब्यक्तित्वबाट प्रभावित भएर एमाले प्रवेश गरेकी करिश्मा सार्वजनिक अभिव्यक्तिमा उनको िनकै प्रश‌सा गर्छिन् । भर्खरै सम्पन्न प्रतिनिधिसभा चुनावमा ओलीले  सर्वाधिक मत ल्याएर जिते । करिश्मालाई आफैंले चुनाव जितेजस्तै महशुस भएकाे बुझ्न सकिन्छ । उनले बालकोटस्थित ओलीको निवासमा फुलगुच्छा लिएर बधाइ दिन पुगेकी थिइन् र सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरिन् । उनको  स्टाटस यस्तो छः नेकपा एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओली ज्यु लाइ शुभकामना दिने क्रममा मीठो भेटघाट , …

पुरा पढ्नुहॊस »

बीवाइडीको विद्युतीय कार किन्नेलाई नबिल बैंकले सजिलाेसँग कर्जा दिने

काठमाडौं । नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग सम्झौता गरेको छ । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि कम्पनीले उक्त सम्झौता गरेको जनाएको छ । दुई संस्थाबीच भएको सम्झौता अनुसार अब बीवाइडीको कुनैपनि गाडी किन्न चाहने ग्राहकले नबिल बैंकबाट कर्जा सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेकाले नविल …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको ब्रान्ड एम्बेसेडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

काठमाण्डौ । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा चर्चित खेलाडी पारस खड्का अनि मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र खड्का तथा जोशीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवाहरु प्रदान गरिरहेको उल्लेख गर्दै ती …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकले ऋणीको गाडी बिक्री गरेर ऋण असुल गर्दै

काठमाडौं । एनआईसी एशिया बैंकले धितोमा रहेको सवारी साधन लिलाममा बिक्री गर्ने वताएकाे छ । बैंकबाट विभिन्न समयमा ३ जना ऋणीले लिएको रकम चुक्ता नगरेपछि धितोमा राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो । ऋणीले लिएको कर्जा बैंकसँगको सम्झौताको शर्त बमोजिम नबुझाएका कारण कर्जाको सुरक्षण बापत धितो लेखिदिएको चल अचल सम्पति जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा बिक्री गर्ने भएको वताएकाे छ । बैंकले कर्जामा राखिएको धितो …

पुरा पढ्नुहॊस »

विश्वकप : क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याड्स खेल्दै

काठमाडाै ।  विश्वकप फुटबल अन्तरगत शुक्रबारदेखि क्वार्टर फाइनलका खेल सुरु हुँदैछन् । शुक्रबार राति पौने ९ बजे ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । नकआउट चरणमा ब्राजिल दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै अघिल्लो यात्रा तय गरेको थियो । क्रोएसिया साविक उपविजेता हो । ब्राजिल भने कीर्तिमानी छैटौं पटक उपाधि जित्ने योजनामा रहेकाे छ । लुका मोड्रिडकाले क्रोएसियाको कप्तानी गर्नेछन् । …

पुरा पढ्नुहॊस »

‘रेशम फिलिली’ को सिक्वेल बन्ने, ७ वर्षपछि विनय र मेनुका जाेडी बाँध्दै

काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । नेपाली र भारतीय कम्पनीको संयुक्त लगानीमा बन्ने फिल्मको छायांकन यसै वर्षभित्र सुरु गर्ने तयारीमा रहेकाे छ । अभिनेता विनय श्रेष्ठले फिल्मको पटकथा लेखन भइरहेको जानकारी दिए । फिल्मको प्रमुख भूमिकामा अघिल्लो शृंखलाका प्रमुख कलाकार हुनेछन् । विनयसहित मेनुका प्रधान, कर्मा, कामेश्वर चौरसिया, शिशिर बाङ्देल र साम्तेन भुटिया फिल्मका कलाकार हुन् । माधव वाग्लेको निर्माण रहेको फिल्म …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवाले गरे सुदूरपश्चिम महोत्सव उद्घाटन (तस्बिरसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले आज सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले आज सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका हुन्। कैलाली उद्योग बाणिज्य संघले धनगढीमा महोत्सव आयोजना गरेको छ। साे कार्यक्रममा प्रधानमन्त्री देउवालाई उद्योग बाणिज्य संघ कैलालीले १५ किलोको मालासमेत लगाएर स्वागत गरेका थिए भने १५ बुँदे माग राख्दै १५ किलोको फूलको माला लगाइएको हाे । तस्वीर गाेविन्द परियारकाे फेसबूकबाट

पुरा पढ्नुहॊस »