मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सरकारको आउँदो आर्थिक वर्षको बजेटबारे निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

बैठकले बजेटको आकारबारे अन्तिम निर्णय गर्नेछ । संसद्मा बजेट प्रस्तुत गर्न अर्थमन्त्रीलाई स्वीकृति प्रदान गर्नेलगायत निर्णय गर्नेछ ।

आजै अपराह्न ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई ‘मुद्दा चलाउनु नपर्ने’ भनेर थन्क्याइएको फाइल खोल : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैमाथि लागेका सबैखाले आरोपउपर निष्पक्ष छानबिन हुनुपर्ने बताएका …

प्रतिकृया दिनुहॊस