सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने

सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने जनाएकी हुन् ।

विज्ञान, गणित, अंग्रेजी र प्रविधि शिक्षकको अभाव नहुने गरि सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरिने उनले उल्लेख गरेकी छन् ।

त्यस्तै, गुणस्तरीय शिक्षाको राष्ट्रिय मानक निर्धारण गर्ने विशिष्टीकृत नमुना विद्यालय सञ्चालनमा ल्याइने सरकारको नीति तथा कार्यक्रममा समावेश छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरि शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने उनले बताइन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेविरुद्ध थप अनुसन्धानको तयारी, अदालत उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी, सम्पत्ति हिनामिना, र सङ्गठित अपराधका आरोपमा अनुसन्धानका लागि थप म्याद माग गर्दै प्रहरीद्वारा उनलाई अदालत लगिएको हो । रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहॊस