सेञ्चुरी बैंकको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ बाँडफाँड

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले जारी गरेको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ बाँडफाँड भएको छ । १० दशमलव ५० प्रतिशत ब्याजदर भएको उक्त ऋणपत्र जेठ १० गते बाँडफाँड भएको हो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सर्वसाधारण र परिपत्र विधिबाट रितपूर्वक दरखास्त दिएका आवेदकलाई कुल २१ लाख ९० हजार कित्ता ऋणपत्र बाँडफाँड गरिएको बै‌कले जनाएकाे छ । बैंकले जम्मा २१ हजार ११ लाख ६ सय ३० कित्ता ऋणपत्र जारी गरेको थियो । जस अनुसार माग बमोजिम नै आवदने परेको बैंकले जनाएको छ ।

सर्वसाधारणमा निष्काशित कूल ८ लाख ८० हजार कित्ता डिबेन्चरमध्ये सामुहिक लगानी कोषबाट माग भै आएको १० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ भने बाँकी रहेको ८ लाख ७० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको जानकारी दिएकाे छ।

जसमा २ हजार २७२ जना आवेदकले सि-आस्वा प्रणाली मार्फत ७८ हजार ७ सय ८५ कित्ता ऋणपत्रको लागि आवेदन दिएका थिए । जसमध्ये १० जना आवेदकहरुको हकमा निजहरुको अनुरोध बमोजिम ४ सय १५ कित्ता डिबेन्चर रद्द गरिएको बैंकले जनाएको छ । बाँकि रहेका २ हजार २ सय ६२ जना आवेदकले कूल २१ लाख ९० हजार कित्ता ऋणपत्र पाएका छन् । साे बैंकले गत बैशाख २५ गतेदेखि जेठ ४ गतेसम्म २२ लाख कित्ता ऋणपत्र जारी गरेको थियो । जसमध्ये ६० प्रतिशत परिपत्र विधिबाट र ४० प्रतिशत ऋणपत्र (सामुहिक लगानी कोषलाई संरक्षित गरिएको ४४ हजार कित्ता समेत सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो । १० वर्षे अवधिको उक्त ऋणपत्रमा माग बमोजिम नै आवेदन परेको बैंक स्राेतले वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र होटल ली हिमालय बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौँ स्थित होटल ली हिमालय बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस