पोखरामा कृष्णभन्दा धनराज ११३६ मतले अगाडि

काठमाडौँ । पोखरा महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

१९५६० को मत परिणाम अनुसार धनराजले ८०७९ मत ल्याउँदा एमालेका कृष्ण थापाले ६९४३ मत ल्याएका छन् । कृष्णभन्दा धनराज ११३६ मतले अगाडि छन् ।

उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ८३७६ ल्याउँदा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ७८९६ मत ल्याएकी छिन् । मेयरको तुलनामा उपमेयर पदमा मतान्तर कम रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री